बेलायतमा अवैध आप्रवासन नियन्त्रण गर्न डिजिटल आइडी अनिवार्य गरिने



लन्डन । बेलायतमा रोजगारीका लागि डिजिटल आइडी अनिवार्य गरिने भएको छ ।
बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मरले अवैध आप्रवासन नियन्त्रण गर्न रोजगारीका लागि डिजिटल आइडी अनिवार्य गर्ने घोषणा गरेका छन्।
सन् २०२९ सम्म लागू हुने योजनाअनुसार मोबाइलमा रहने डिजिटल आइडीमार्फत नागरिकले आफ्नो पहिचान प्रमाणित गर्नुपर्नेछ।
सरकारको भनाइ अनुसार नयाँ डिजिटल आइडी मोबाइलमा हुनेछ, जुन एनएचएस एप वा कन्ट्याक्टलेस कार्ड जस्तै हुनेछ।
यसमा नाम, जन्म मिति, नागरिकता वा बसोबासको स्थिति र फोटो रहनेछ भने रोजगारी, कर अभिलेख, चालक अनुमतिपत्र, सामाजिक सेवालगायत क्षेत्रमा यसको प्रयोग गर्न सकिने बताइएको छ।
प्रधानमन्त्री स्टार्मरले यसलाई अवैध आप्रवासी रोक्ने मात्र नभई नागरिकका लागि विविध सुविधा हुने बताएका छन्। तर, विपक्षी दलहरूले भने यसलाई अनावश्यक झन्झट भन्दै आलोचना गरेका छन्।
कन्जर्भेटिभ नेतृ हेलेन ह्वाटलीले यसले नागरिकलाई थप भार पर्ने बताएकी छन् । सरकारले यसबारे सार्वजनिक परामर्श सुरु गर्ने र आगामी वर्ष संसदमा विधेयक ल्याउने तयारी गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५