शनिबार, ११ अप्रिल, २०२६
02:01 | ०६:४६

कलाकार आरसी पौडेललाई पर्वत समाज यूकेको सम्मानसहित विदाई

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२५

लन्डन । सांगीतिक कार्यक्रमका सिलसिलामा बेलायत आएका पर्वते कलाकार आरसी पौडेललाई पर्वत समाज बेलायतले सम्मानसहित विदाई गरेको छ ।

२१ सेप्टेम्बर आइतबार अल्डरसटस्थित सुसी मोतो रेष्टुरेन्टमा एक कार्यक्रम गरि कलाकार पौडेललाई विदाइ गरिएको हो ।

समाजका अध्यक्ष सुरज पौडेलले कलाकार आरसीलाई सम्मानपत्र, खादासहित सम्मान-विदाई गरे ।

कलाकार पौडेलले समाजले आफूलाई आमन्त्रण गरि कयौं कार्यक्रममा अवसर र सम्मान दिएकामा आभार व्यक्त गरेका थिए । सो अवसरमा पौडेलले गायन समेत प्रस्तुत गरे ।

कार्यक्रममा समाजकी निवर्तमान अध्यक्ष अप्सरा गुरुङ, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, अन्तराष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरी, कोषाध्यक्ष विकाश सापकोटा, सल्लाहकारहरु जुमकाजी गुरुङ, रामचन्द्र (सूर्जे) गुरुङ, नारायण गिरी, तमुधिं यूके महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष लिला सेलिङ माबो लगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू