वेल्समा घुम्ती शिविर गर्ने तयारीमा लन्डन दूतावास



लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले ११ अक्टोबर शनिबार राहदानी सेवासहितको कन्सुलर घुम्ती शिविर गर्ने तयारी गरेको छ । १० अक्टोबर २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुने नेपाली नागरिकहरुले नवीकरण गराउन सक्ने भन्दै दूतावासले शिविरबाट लाभान्वित हुन अनुरोध गरेको छ ।
शिविर वेल्सको कार्डिफमा बिहान ११ देखि दिउसो ४ बजेसम्म गरिने छ ।
विद्युतीय राहदानी नवीकरणका लागि अनिवार्य रुपमा रितपूर्वक अनलाइन फारम भरी त्यसको एकप्रति प्रिन्ट गरेर आवश्यक कागजातका साथ उपस्थित हुनु पर्नेछ । कन्सुलर सेवा वापतको राजश्व पाउण्डमा बैंक कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ ।
राहदानी बाहेक अन्य कन्सुलर सेवा जरुरी भएका सेवाग्राहीहरुले समेत घुम्ती शिविरमा सम्पर्क गर्न सक्नेछन् । प्राविधिक रुपमा सम्भव भएसम्म नेपाली दूतावासबाट प्रवाह गरिने सबै सेवा उपलब्ध गराइने दूतावासले एक सूचनामा जनाएको छ ।
दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले सेवाग्राहीको सहजताका लागि दुई महिनाभित्र आयरल्याण्डसहित संयुक्त अधिराज्यका सबै राज्यमा शिविर गरिने जनाए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५