बुधबार, १७ सेप्टेम्बर, २०२५
13:54 | १८:३९

जेन जी आन्दोलनमा भएको धनजनको क्षतिप्रति तमुधिं यूकेले जनायो दुःख, लुटपाटप्रति आपत्ति

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२५

लन्डन- बेलायतको अग्रणी नेपाली संस्था तमुधिं यूकेले नेपालमा हालै जेन जी आन्दोलनका क्रममा भएको धन-जनको ठूलो क्षतिप्रति दुःख व्यक्त गरेको छ।

अध्यक्ष जुमकाजी गुरुङ र महासचिव डा विशालले मंगलबार जारी गरेको एक वक्तव्यमा तमुधिं यूकेले सम्पूर्ण मृतकप्रति श्रद्धान्जली र शोकसन्तप्त परिवारहरुमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

तमुधिं यूकेले मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार व्यवस्था गर्न समेत माग गरेको छ।

वक्तव्यमा आन्दोलनमा घुसपैठका कारण सिंहदरबार, संसद भवन, राष्ट्रपति निवास, सर्वोच्च अदालतजस्ता महत्वपूर्ण सरकारी सम्पत्ति र विभिन्न निजी व्यवसायहरुमाथि गरिएको तोडफोड र आगजनीप्रति खेद प्रकट गरिएको छ।

तमुधिं यूकेले सामाजिक क्षेत्रमा समेत ठूलो योगदान पुर्‍याएका र २२ हजार बढी युवालाई रोजगारी उपलब्ध गराएका समाजसेवी व्यवसायी मीनबहादुर गुरुङ संचालक रहेको भाटभटेनी सुपरस्टोरका कयौं शाखाहरुमा गरिएको तोडफोड, आगजनी र लुटपाटप्रति दु:ख तथा आपत्ति प्रकट गरेको छ।

आगामी दिनहरुमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सबैको ध्यानाकार्षण पनि वक्तव्यमा गराइएको छ।

पूरा वक्तव्य:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू