सोमबार, १५ सेप्टेम्बर, २०२५
एनआरएनए यूकेको अन्तरक्रिया कार्यक्रम स्थगित



नेपाली लिङ्क
सेप्टेम्बर १५, २०२५
लन्डन । एनआरएनए यूकेले यही २० सेप्टेम्बरका लागि तय गरेको एक अन्तरक्रिया कार्यक्रम स्थगित गरेको छ ।
प्रमुख सल्लाहकार आर.के. त्रिपाठी र सचिव कृष्णप्रसाद खतिवडाको संयोजनमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहसंग कार्यक्रम गर्ने तयारी थियो । संसद विघटन र नेपालको वर्तमान जटिल परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ ।
कार्यक्रममा गैरआवासीय नेपालीको वर्तमान चुनौती, प्रत्यक्ष संसदीय प्रतिनिधित्वको आवश्यकता तथा एनआरएनएको भविष्य आदिबारे छलफल हुने तय गरिएको थियो ।
एनआरएनए यूकेका प्रवक्ता कुलप्रसाद कंडेलले संस्थाले गैरआवासीय नेपालीहरुलाई निरन्तर रुपमा सूचित गर्ने र आगामी दिनमा अझ सशक्त छलफलका कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५