आइतबार, १४ सेप्टेम्बर, २०२५
00:58 | ०५:४३

तमु लम परिवार यूकेको पहिलो भेलाबाट बन्यो कार्यसमिति

नेपाली लिङ्क सेप्टेम्बर १३, २०२५

लण्डन – ‘बन्धुत्व, भातृत्व र एकता’ भन्ने मूल नाराका साथ तमु लम परिवार यूकेको पहिलो भेला तथा विशेष कार्यक्रम १३ सेप्टेम्बर आइतबार अल्डरसटको एम्पायर हलमा सम्पन्न भएको छ।

कार्यक्रमको सुरुवात वरिष्ठ सदस्य खेमसिङ गुरुङ र सभाध्यक्ष एकेन्द्र गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए। त्यसपछि शहीद तथा पितृहरूको सम्झनामा मौनधारण गरिएको थियो।

कार्यक्रममा तमुधिं यूके पूर्व अध्यक्ष रामचन्द्र गुरुङले स्वागत मन्तव्य दिए भने कार्यक्रमको औचित्यबारे सुमल कुमार गुरुङले प्रकाश पारे । यस अवसरमा क्याप्टेन एक नारायण गुरुङ, लेफ्टेनान्ट दानबहादुर गुरुङ, मेजर धन गुरुङ, गणेश गुरुङ, मेजर कुमार गुरुङ, कृष्णा गुरुङ, नरबहादुर गुरुङ, हर्कमान गुरुङ, चन्द्रमान गुरुङ र चन्द्र प्रसाद गुरुङले शुभकामना मन्तव्य दिए।

परिचयात्मक सत्रमा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूले आ–आफ्नो संक्षिप्त परिचय दिएका थिए। सहभागीहरूले तमु लम परिवार यूकेजस्तो संस्था अति नै आवश्यक रहेको स्पष्ट पार्दै संस्थाको महत्वमा जोड दिए। कार्यक्रममा बेलायतमा बसोबास गर्ने लम दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति थियो।

सभाध्यक्ष एकेन्द्र गुरुङको अध्यक्षतामा बसेको बैठकले सुमल कुमार गुरुङलाई अध्यक्ष तथा गणेश गुरुङ र टीका गुरुङलाई निर्वाचन समितिमा चयन गरेको थियो। कार्यक्रम सञ्चालन एस.के. गुरुङले गरेका थिए।

पहिलो कार्यसमिति गठन


दोस्रो चरणमा पहिलो कार्यसमिति गठन गरिएको छ जसअनुसार अध्यक्ष रामचन्द्र गुरुङ (माछापुछ्रे–९), उपाध्यक्षहरूमा क्याप्टेन सूर्यप्रकाश गुरुङ (यान्ग्जकोट), युनिल पूर्ण चन्द्र गुरुङ (पास गाउँ), साधुराम गुरुङ (लमजुङ, लामा गाउँ) र चन्द्रप्रसाद गुरुङ (नजरे), महासचिवमा एसके गुरुङ (ल्वाङ) र कोषाध्यक्षमा कमल गुरुङ चयन भएका छन् ।

त्यसैगरि, सदस्यहरूमा दानबहादुर गुरुङ, नन्दबहादुर गुरुङ (राम), प्रकाश गुरुङ (पाख्रिकोट), ठकुरी गुरुङ (माछापुछ्रे–१), ओम गुरुङ (तान्चोक) र श्रीप्रसाद गुरुङ (नजरे, लमजुङ) छन् ।

त्यस्तै, विधान समितिमा सुमल कुमार गुरुङ, एकेन्द्र गुरुङ र टीका गुरुङ चयन भए ।

दोस्रो चरणको कार्यक्रम निर्वाचन मण्डलका संयोजक गणेश गुरुङले सुमल कुमार गुरुङको अध्यक्षतामा सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू