शनिबार, १३ सेप्टेम्बर, २०२५
18:55 | २३:४०

जेनजी आन्दोलनमा मारिएका युवाको सम्झनामा पत्रकार महासंघ यूकेको श्रद्धाञ्जली

नेपाली लिङ्क सेप्टेम्बर १३, २०२५

लन्डन—नेपाल पत्रकार महासंघ बेलायतले नेपालमा भ्रष्टाचार, कुशासन र सोसल मिडिया प्रतिवन्धविरुद्ध चर्किएको जेनजी आन्दोलनका क्रममा निधन भएका युवाहरुको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

यस्तै, शाखाले आन्दोलनका क्रममा घाइते सबै युवाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा शाखा अध्यक्ष विमला सेने, सल्लाहकारहरु नरेश खपांगी मगर, ध्रुवराज अर्याल र नवीन पोखरेल, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी, महासचिव खेमराज रानाभाट, सचिव विश्वासदीप तिगेलासहित कार्यसमिति सदस्य तथा अन्य पत्रकारहरूले दीप प्रज्ज्वलन गरि श्रद्धान्जली अर्पण गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै शाखा अध्यक्ष सेनेले नेपालमा व्याप्त भ्रष्टाचार र कुशासन बढिरहंदा जेन जी पुस्ताको आन्दोलन ऐतिहासिक र निर्णायक मोडमा पुगेको बताइन् ।

उनले यस्तो संवेदनशील समयमा जिम्मेवार भएर देशका लागि भूमिका निर्वाह गर्न सबैमा आह्वान गरेकी छन्।

जेनजी आन्दोलनका कारण देशभरि प्रेस स्वतन्त्रतामाथि पनि आक्रमण भएको छ । सञ्चार माध्यम र पत्रकारहरूमाथि भएका हमला, दमन र अवरोधहरूको निन्दा र खेद व्यक्त गर्दै महासंघले तत्काल कडा कानूनी कारवाही तथा पत्रकार सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू