आन्दोलनमा दिवंगत युवाहरुको आत्माको चीर शान्तिको कामना गर्दै लन्डनमा प्रार्थनासभा



लन्डन – नेपालमा यसै साता जेन जी समूहद्वारा आयोजित आन्दोलनका क्रममा निधन भएका युवाहरुको आत्माको चीर शान्तिको कामना गर्दै रेभन्जबर्न विश्वविद्यालयमा एक प्रार्थना सभा आयोजना गरिएको छ। उक्त सभामा घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको थियो ।
प्रार्थना सभामा रेभन्जबर्न विश्वविद्यालयका उपकुलपति जन किंग्सबरी, अन्य पदाधिकारीहरु, नेपाली विद्यार्थीहरु साथै अन्य मुलुकबाट आएका विद्यार्थी पनि सहभागी थिए।
कार्यक्रम आयोजकमध्ये एक रेभन्जबर्न विद्यार्थी युनियनका सदस्य निशान्त बीसीले नेपालमा शान्तिपूर्ण आन्दोलनका क्रममा ठूलो संख्यामा युवाहरुको ज्यान गएकोबाट आफूहरु स्तब्ध भएको बताए। “हामी अध्ययनको क्रममा विदेशमा भए पनि नेपालमा लोकतन्त्र, मानव अधिकार र भ्रस्टाचारमुक्त शासन प्रणालीको पक्षमा दृढ छौं। साथै, सो घटनामा संलग्न दोषीहरूमाथि कडा कारबाहीको माग गर्दछौं,” उनले भने ।
यसैगरी दक्षिण पूर्वी लन्डनमा सुर्खेत जिल्लाबाट आएर हाल युकेमा अध्ययनरत विद्यार्थीहरुले मंगलबार एक शोक सभा आयोजना गरेका थिए। उनीहरुले मैनबत्ती बालेर दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५