जेन जी प्रदर्शनमा प्रहरी दमनप्रति बेलायतबाट भर्त्सना



लन्डन । नेपालमा जेन जी युवाहरुको प्रदर्शनका क्रममा भएको सुरक्षाकर्मीको अत्यधिक बल प्रयोग र गोली प्रहारबाट दर्जनौँ युवाको ज्यान गइसकेको घटनाप्रति सोसाइटी अफ नेप्लिज प्रोफेशनल्स यूके (एसओएनपी यूके) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संस्थाले सोमबार जारी गरेको विज्ञप्तिमा निर्दोष युवाहरुको हत्या, मानवअधिकार हनन र नागरिक स्वतन्त्रतामाथि भएको प्रहारलाई कडा शब्दमा भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘युवा पुस्ता देशको भविष्यका आधारस्तम्भ हुन्, उनीहरूको आवाज दबाउन खोज्नु लोकतान्त्रिक मूल्यविपरीत मात्र होइन, सम्पूर्ण राष्ट्रकै भविष्यमा प्रहार हो।’
एसओएनपी यूकेले मृतक युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते र पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, सरकारले घट्नामा संलग्न व्यक्तिहरूलाई कारबाही गरी पीडितलाई न्याय दिलाउन पनि आग्रह गरेको छ।
संस्थाका अध्यक्ष गजेन्द्र कटुवाल र महासचिव डा. विदुर घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो केवल व्यक्तिगत पीडामात्र होइन, लोकतान्त्रिक जनताको आवाजमाथि भएको प्रहार हो। सरकारको पहिलो जिम्मेवारी न्याय, शान्ति र समावेशी समाधान गर्नु हो ।’
एसओएनपी यूकेले न्याय, मानवअधिकार र लोकतान्त्रिक मूल्यहरूको पक्षमा निरन्तर उभिने प्रतिवद्धता समेत जनाएको छ ।
विज्ञप्ति-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५