शुक्रबार, ५ सेप्टेम्बर, २०२५
19:47 | ००:३२

लन्डन प्लमस्टिडमा दशैंतिहार सांगीतिक धमाका- युवराज, रामजी र शिलाले गाउने

नेपाली लिङ्क सेप्टेम्बर ५, २०२५

लन्डन- साउथ इष्ट लन्डनको प्लमस्टिडमा नेपालका चर्चित कलाकारको प्रस्तुतिमा दशैंतिहार विशेष सांगीतिक कार्यक्रम हुने भएको छ। सेप्टेम्बर १२ तारिख शुक्रबार बेलुकी गोर्खा क्याप्रिकनमा ‘दशैंतिहार सांगीतिक धमाका’ हुन लागेको हो।

कार्यक्रममा नेपालबाट आएका लोकप्रिय कलाकारहरु रामजी खाँड, शिला आले र युवराज मगरले प्रस्तुति दिनेछन्।

रामजी खांड थुप्रै नेपाली सुपरहिट लोकोदोहोरी गीतहरुमा आवाज दिएका लोकप्रिय गायक हुन्। त्यस्तै, गायिका शिला आले पनि लामो समयदेखि सक्रिय ख्यातिप्राप्त गायिका हुन्।

रामजी र शिलासंगै कार्यक्रममा विशेष आकर्षणका रुपमा प्रस्तुति गर्न लागेका गायक युवराज मगर बहुमुखी प्रतिभाका धनी कलाकार हुन्। युवराज गायक मात्र नभइ कयौं गीतमा संगीत भरेका संगीतकार तथा म्यूजिक भिडियो निर्देशन गरेका निर्देशक समेत हुन् ।

चर्चित र लोकप्रिय कलाकारहरुको प्रस्तुतिले यस वर्षको दशैंतिहार सांगीतिक धमाका विशेष र मनोरन्जनात्मक बन्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम संयोजन र संचालनको जिम्मेवारी होस्ट दिपक थापा माइथाने मगरले लिने भएका छन् ।

दशैं–तिहारको अवसर पारेर आयोजना गरिएको यो सांगीतिक धमाका गोर्खा क्याप्रिकन (४ लेकडेल रोड, प्लमस्टिड) मा हुनेछ । कार्यक्रममा प्रवेश शुल्क £१० राखिएको छ ।

आयोजकले सम्पूर्ण साउथ इष्ट लन्डनवासी नेपाली समुदायलाई उपस्थित भई दशैं–तिहारको खुशीयालीलाई संगीत र मनोरञ्जनसहित मनाउन आव्हान गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू