लन्डन भिक्टोरिया स्ट्रिटमा भएको बस दुर्घटनामा १७ जना घाइते



लन्डन । लन्डनको मुख्य केन्द्र मानिने भिक्टोरिया स्ट्रिटमा आज बिहान भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन्।
मेट्रोपोलिटन प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेहरूमा पैदलयात्री र बसका यात्रु दुवै छन् ।
स्थानीय समय अनुसार बिहान करिब ८:२० बजे भिक्टोरिया स्ट्रिटमा भएको दुर्घटनामा एक डबल-डेकर बस र धेरै पैदलयात्रीहरू घाइते भएका हुन् ।
बस चालकसहित १५ जनालाई अस्पतालमा लगिएको छ भने दुई जनालाई घटनास्थलमै प्राथमिक उपचार गरिएको छ। प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार घाइतेहरु खतरामुक्त रहेको बताइएको छ।
मेट्रोपोलिटन पुलिसले कुनै पनि प्रत्यक्षदर्शीले आफूहरुलाई सम्पर्क गर्न अनुरोध गर्दै मोबाइल फुटेज वा ड्याश क्याम फुटेज भए प्रहरीलाई उपलब्ध गराउन आग्रह गरेको छ ।
दुर्घटनापछि भिक्टोरिया स्ट्रिट केही समय बन्द गरिएको छ र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ। यो दुर्घटना लन्डनको व्यस्त क्षेत्रमा भएकोले स्थानीय यातायातमा ठूलो असर परेको छ ।
दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान शुरु गरेको छ र अहिलेसम्म कुनै पनि व्यक्तिलाई गिरफ्तार गरिएको छैन।