बुधबार, ३ सेप्टेम्बर, २०२५
08:54 | १३:३९

पूर्व सभामुखसहित माओवादी केन्द्रका नेताहरु लन्डनमा

नेपाली लिङ्क सेप्टेम्बर ३, २०२५

लन्डन- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध जातीय मुक्ति मोर्चाहरुको संयुक्त सम्मेलन र नेपाली जनप्रगतिशिल मंचको प्रशिक्षणका लागि नेताहरु लन्डन आइपुगेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सचिव, पूर्वमन्त्री तथा अन्तरमहादेशीय प्रवास, प्रदेश संगठन समितिका ईन्चार्ज राम कार्की ‘प्रार्थ’, पार्टी स्थायी समिति सदस्य तथा पूर्व सभामुख एवं आदिवासी जनजाती संयुक्त मोर्चा नेपाल ईन्चार्ज ओनसरी घर्ती एवं किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपालका महासचिव तथा पार्टी अन्तराष्ट्रिय विभागका सदस्य वसन्त राई मंगलबार राती लन्डन आएका हुन् ।

उनीहरुलाई पार्टी केन्द्रिय सदस्य कृष्ण कुमार राई र नेपाली जनप्रगतिशिल मंच बेलायतका सचिव कपिल राई तथा मगर संघ बेलायतका प्रतिनिधिहरुले हिथ्रो विमानस्थलमा स्वागत गरे । 

अल्डरसटमा यही ७ सेप्टेम्बर आइतबार विभिन्न जातीय मोर्चाहरूको संयुक्त सम्मेलन र प्रशिक्षण कार्यक्रम तयारी छ ।

नेताहरुले पार्टी र जातीय मुक्ति मोर्चा कार्यक्रम लगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसंग भेटघाट गर्ने योजना रहेको आयोजक समितिका सचिव कपिल राईले जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू