मंगलबार, २ सेप्टेम्बर, २०२५
20:09 | ००:५४

लन्डन मल्टिकल्चरल बुक फेयरमा नेपाली साहित्यको प्रतिनिधित्व गर्दै सङ्गीता स्वेच्छा

नेपाली लिङ्क सेप्टेम्बर २, २०२५

लन्डन–बेलायतवासी लेखिका सङ्गीता स्वेच्छा यहाँ हुने एक मल्टिकल्चरल बुक फेयर २०२५ मा प्रस्तुत हुने भएकी छन्। बुक फेयर ६ सेप्टेम्बर शनिबार कनवे हल, रेड लायन स्क्वायर, लन्डनमा हुँदैछ। 

सङ्गीता स्वेच्छाले टेबल नं. २२ मा पाठकहरूसँग भेटघाट, आफ्नो पुस्तकमा हस्ताक्षर र दिनभर आगन्तुकहरूसँग संवाद गर्नेछिन्। 

हस्ताक्षर गरिने मुख्य पुस्तक रोजेज ओडिसी (Rose’s Odyssey) जयन्त शर्माले अनुवाद गरेका हुन् । पुस्तक बुकहिल इन्टरनेशनलद्वारा प्रकाशित भएको हो । सो अवसरमा अन्य कृतिहरू पनि उपलब्ध हुनेछन्।

१० देखि ४:३० बजेसम्म सञ्चालन हुने उक्त पुस्तक मेलाले विश्वका साहित्यिक प्रकाशक, पुस्तक व्यापारी र लेखकहरूलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको छ। 

आयोजक जेसन वाईले भने- ‘हामी सङ्गीता स्वेच्छा र अन्य अन्तर्राष्ट्रिय लेखकहरूलाई यस वर्षको मेलामा स्वागत गर्न पाउँदा खुशी छौं। हाम्रो उद्देश्य साहित्यमा विविधतालाई सम्मान र पाठकहरूलाई विभिन्न संस्कृतिका लेखकहरूसँग प्रत्यक्ष रूपमा सम्पर्क गर्ने अवसर दिनु हो ।’ 

यस वर्ष मेलामा द पोएट्री सोसाइटी, नेशनल पोएट्री लाइब्रेरी, इन्सर्जेन्ट प्रेस, शियर्समन बुक्स, इस्त्रोस बुक्स, एजेन्डा पोएट्री, पापिलोते प्रेस, कार्निभाल प्रेस, स्किप्पारी पब्लिशिङ, न्युह्याम बुकशप, स्कारिना प्रेस, ब्ल्याक ब्रिटिश बुक फेस्टिभल, आइसोबार प्रेस, पामेनार प्रेस, साकी बुक्स, पुष्किन हाउस बुकशप, बुकहिल इन्टरनेशनल, ग्रीन बोटल प्रेस लगायत प्रकाशक र पुस्तक व्यापारीहरू समावेश हुनेछन् ।   

६० बढी अन्तर्राष्ट्रिय प्रकाशक र लेखकहरूको सहभागितासहित हुन लागेको मल्टिकल्चरल बुक फेयर २०२५ लन्डन विश्व साहित्यको एक जीवन्त उत्सव बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका क्रममा साँझ ६ बजे द स्क्वायर पिग, हलबर्नमा गाला शो पनि हुनेछ, जहाँ प्रत्यक्ष वाचन, प्रस्तुति र प्रश्नोत्तर समावेश हुनेछ। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू