बुधबार, २७ अगस्ट, २०२५
09:01 | १३:४६

लन्डनका दिदीबहिनीलाई तीजमा छमछमी नचाए राजेशले

नेपाली लिङ्क अगस्ट २७, २०२५

लन्डन-लन्डनका नेपाली दिदीबहिनीले मंगलबार छमछमी नाचेर तीज मनाए । 

पशुपतिनाथ मन्दिर प्लमस्टीड लण्डनले एसियन कम्युनिटी हलमा आयोजना गरेको तीज विशेष कार्यक्रम अन्तर्गत तीजकै दिन लण्डनका दिदीबहिनी जम्मा भएर तीज मनाएका हुन् ।

उक्त कार्यक्रममा हाल बेलायतमा रहेका गायक राजेश बर्देवाले तीजका गीतमा बेस्सरी रमाइलो गराए । उनले समिक्षा अधिकारी र आफ्नो स्वरमा रहेको गीत ‘नाच छम्म छम्म’ र प्रीति आले र स्व्यम्  आफैंले गाएको ‘सुन मेरा फ्यान्स’ गाएर भरपुर मनोरन्जन दिए ।  

पशुपतिनाथ मन्दिर प्लमस्टीडले हरेक वर्ष तीजको दिन कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू