बुधबार, २७ अगस्ट, २०२५
01:18 | ०६:०३

तमु समाज यूके आमा समूहको तीज-लेडिज नाइट उल्लासमय

नेपाली लिङ्क अगस्ट २६, २०२५

लन्डन । तमु समाज यूके आमा समूहले शनिबार हरितालिका तीज-लेडिज नाइट विशेष कार्यक्रम गरि मनाएको छ । लन्डनस्थित वेम्ब्ली बरहाम पार्कमा रहेको तमु समाज यूके नेप्लिज कम्युनिटी सेन्टरमा कार्यक्रम भएको हो ।

कार्यक्रममा तमु समाज यूके आमा समूहका ज्येष्ठदेखि युवा सदस्यहरू साथै लन्डनका नेपाली महिलाको उत्साहपूर्ण सहभागिता रह्यो ।

कार्यक्रम आमा समूहकी अध्यक्ष विमला गुरुङको अध्यक्षतामा सचिव रमिला गुरुङले सञ्चालन गरेकी थिइन् ।

प्रमुख अतिथि समाजकी ज्येष्ठ नागरिक आसा कुमारी गुरुङ, तामु समाज यूके अध्यक्ष बिन्दु घले, आमा समूह अध्यक्ष विमला गुरुङ तथा पूर्व अध्यक्ष माया गुरुङले संयुक्त रूपमा दियो प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

विशेष अतिथिहरूमध्ये तमुधिं यूके आमा समूह अध्यक्ष श्रीमती कमला गुरुङ, तमु पे ल्हु संघ यूके आमा समूह अध्यक्ष श्रीमती बबिता गुरुङ, मर्दिखोला समाज यूके आमा समूह अध्यक्ष श्रीमती ध्रुव गुरुङ तथा आसा फेसन हाउसकी प्रवन्ध निर्देशक आसा भुसालको उपस्थिति थियो ।

कार्यक्रमका क्रममा सचिव रमिला गुरुङले ‘स्वास्थ्य तथा सुरक्षा’ सम्बन्धी जानकारी र आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।

त्यसपछि प्रमुख अतिथि आसा कुमारी गुरुङ, तमुधिं यूकेकी प्रथम महिला एवं आमा समूह अध्यक्ष कमला गुरुङ, तमु पे ल्हु संघ यूके आमा समूह अध्यक्ष बबिता गुरुङ, मर्दिखोला समाज यूके आमा समूह अध्यक्ष ध्रुव गुरुङ, र एनआरएन यूकेकी पूर्व प्रथम महिला तथा तमुधिं यूके आमा समूहकी पूर्व अध्यक्ष सिता (मन्जु) गुरुङलाई आमा समूह अध्यक्ष विमला गुरुङले खादा, पुष्पगुच्छा र पछ्यौरी ओढाइ सम्मान गरे ।

कोषाध्यक्ष विभा गुरुङले कार्यक्रमका प्रायोजकहरूको नाम वाचन गर्दै आभार प्रकट गरिन् भने अध्यक्ष विमला गुरुङले सम्पूर्ण उपस्थित सहभागीलाई धन्यवाद दिएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू