सोमबार, २५ अगस्ट, २०२५
20:01 | ००:४६

१६ औं नेपाली मेलामा बर्न्टओक नेपाली समाज पनि पुरस्कृत

नेपाली लिङ्क अगस्ट २५, २०२५

लन्डन –  तमुधिं युकेद्वारा आयोजित १६ औं नेपाली मेलामा पासा पुचः गुथि यूके नृत्य र झाँकीतर्फ प्रथम भएको छ भने बन्टओर्क नेपाली समाजले पनि पुरष्कार पाएको छ।  

लन्डनस्थित केम्पटन पार्क रेस कोर्समा आइतबार आयोजित नेपाली मेलामा बन्टओर्क नेपाली समाजका तर्फबाट केरजंग गुरुङको संयोजनमा स-साना बालबालिकाले प्रस्तुत गरेको सारंगी र मादलको प्रस्तुतिले धेरैको मन जितेको थियो ।

बेलायतस्थित ४४ नेपाली संघसंस्थाले विभिन्न जातजाति  र समुदायलाई प्रतिनिधित्व गर्दै झांकी प्रदर्शन गरेका थिए।

मेलामा तमुहरुको ट्होटे, नेवार जातीको सापारु (गाइजात्रा) अनि खिं, धिमे र धाः बाजामा घिन्ताङ घिसी (लट्ठी जुधाएर गरिने नाच), लिम्बुहरुको हाक्पारे, धान नाच र च्याब्रुङदेखि किरात राईहरुको साकेला प्रमुख आकर्षण बनेका थिए 

बन्टओर्क नेपाली समाजका अध्यक्ष खमिर जंग गुरुङले बेलायतस्थित सबै नेपाली समुदायलाई एकजुट गरी भव्य र सभ्यरुपमा सफलता पूर्वक नेपाली मेला आयोजन गरेकोमा आयोजक तमुधिं युकेलाई हार्दिक धन्यवाद दिए। 

उनले मेलामा रोचक प्रस्तुति गर्ने समाजका बालबालिका तथा सदस्यहरुप्रति पनि आभार व्यक्त गरे। कार्यक्रम सफल पार्न हेलिशा गुरुङ लगायत समाजका पदाधिकारीहरु खटेका थिए।  

मेलामा नेपाली खाना, च्यारिटी र व्यापारिक गरि ७५ स्टलहरु राखिएका थिए । 

यसपटकको नेपाली मेला हेर्न बेलायतस्थित विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिसंगै दक्षिण कोरियाली र उत्तर कोरियालीहरु समेत आएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू