लन्डन वुल्लीचमा सामूहिक दर र नाचगानसहित मनाइयो तीज



लन्डन- नेपाली नारीहरुको पर्व तीज लन्डन वुल्लीच प्लमस्टिड समाजले विशेष कार्यक्रम गरी मनाएको छ ।
शनिबार वुल्लीचमा निशुल्क दरसहितको विशेष नाचगान कार्यक्रममा २ सय ५० स्थानीय नेपाली महिला सहभागी भए ।
समाजका अध्यक्ष टोम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वुल्लीच, प्लमस्टिड र आसपास बस्ने नेपाली महिलाहरुको सहभागिता थियो । समाजका तर्फबाट अध्यक्ष अधिकारीले उपस्थित सबै दिदीबहिनीलाई तीज पर्वको शुभकामना दिए ।
कार्यक्रमका सञ्चालक महासचिव मोहन घिमिरेले तीजमा चेलीलाई दर खुवाउने मौलिक परम्परा रहेकाले समाजले निशुल्क दर खुवाउन शुरु गरेको बताए । आगामी वर्षमा साउथ इष्ट लन्डनका सबै महिलालाई दर खुवाउने लक्ष्य राखिएको घिमिरेले बताए ।
कार्यक्रममा सहभागी दिदीबहिनीहरु घण्टौंसम्म तीजगीतमा नाचगान गरेर रमाए ।
कार्यक्रमका लागि खाना, हल, डिजेलगायत सबै व्यवस्थापनका लागि सहयोग गर्ने सबै सहयोगीलाई अध्यक्ष टोम अधिकारी र महासचिव मोहन घिमिरेले संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५