नेपाली मेलामा नेपालीलिंक सम्मानित



लन्डन । लन्डनबाट सञ्चालित समाचार पोर्टल नेपालीलिंक डटकम सम्मानित भएको छ ।
तमुधिं यूकेले आइतबार केम्पटन पार्क रेसकोर्समा आयोजित १६ औं नेपाली मेलाका अवसरमा विशेष सम्मान प्रदान गरेको हो ।
प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपालीलिंकलाई सम्मान गरेका हुन् ।
नेपालीलिंकका प्रधानसम्पादक नवीन पोखरेल, सम्पादक ध्रुवराज आर्याल र मल्टिमिडिया सम्पादक नरेन्द्र बस्नेतले सम्मान ग्रहण गरे । उनीहरुलाई फेटा, खादा र कलात्मक आंखीझ्यालमा राखिएको सम्मान पत्र प्रदान गरिएको थियो ।
सम्मानपत्रमा नेपालीलिंकले डायस्पोराका नेपालीहरुलाई निष्पक्ष, निर्भिक र सटीक ढंगले सूचनाको हकबाट सूसचित हुने अवसर प्रदान गरि समुदायलाई आपसी एकता, समन्वय र सद्भाव कायम राख्न खेलेको भूमिका अतुलनीय छ भनिएको छ ।
पछिल्लो समय मल्टिमिडियामा समेत अग्रसर रहेको भन्दै नेपालीलिंक अझ सशक्त भएर अगाडि बढोस् भन्दै सफलताका लागि कामना गरिएको छ । सन् २०२०, अप्रिलबाट शुरु नेपाली लिंकले छोटो समयमै मिडिया लिड गर्न सफल भएको छ ।
सांस्कृतिक विविधताले भरिएको यसपटकको नेपाली मेलामा झण्डै १५ हजार सहभागी भएको आयोजक तमुधिं यूकेले बताएको छ । मेलामा ४४ वटा झांकी प्रस्तुत गरिएको थियो भने खाना, च्यारिटी र अन्य व्यापारिक स्टल गरि ७५ वटा स्टल राखिएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५