सोमबार, २५ अगस्ट, २०२५
04:43 | ०९:२८

लन्डनमा फोन चोरीका घट्ना उच्च, एक वर्षमा हराए एक लाख १६ हजार सेट

नेपाली लिङ्क अगस्ट २४, २०२५

लन्डन । लन्डनमा फोन चोरीका घट्नामा उच्चवृद्धि भएको छ । मेट्रोपोलिटन प्रहरीको तथ्याङ्कले सन् २०२४ मा राजधानीमा कुल एक लाख १६ हजार ६५५ मोबाइल फोन चोरी भएको देखाएको छ, जुन प्रति घण्टा १३ फोन चोरी वा प्रति दिन ३२० चारी हो । तर, केवल १६९ संदिग्धहरूलाई मात्र अभियोग लगाइएको छ । सात जनालाई चेतावनी मात्र दिइयो ।

यी तथ्याङ्कहरू अभियान समूह क्रस क्राइमद्वारा गरिएको सूचना स्वतन्त्रताको अनुरोधबाट सङ्कलन गरिएको हो। डेली मेलको रिपोर्ट अनुसार, सन् २०१७ देखि यो तथ्याङ्क ५० प्रतिशत वृद्धि हो, जब त्यो वर्ष ७७ हजार फोन खोसिएका थिए ।

जनसांख्यिकीय तथ्याङ्कले पीडितमध्ये ६१ हजार महिला र झण्डै ४८ हजार पुरुष रहेको देखाएको छ कि । बाँकी ७ हजारको रेकर्ड गरिएको थिएन । सन् २०२३ भन्दा गत वर्ष १,३०० बढी चोरीका घटना हो ।

समूहका संस्थापक डा. लरेन्स न्यूपोर्टले भनेः ‘हामी फोन चोरीको महामारीको बीचमा छौं, र हाम्रो सरकार कारबाही गर्न असफल भइरहेको छ ।’

उनी अगाडि थप्छन्, ‘हाम्रा राजनीतिज्ञहरूले वास्तविकतामा ब्यूँझनु आवश्यक छ । उनीहरूले यो महामारी रोक्नु पर्छ र यी अपराधीहरूलाई पक्रन, दोषी ठहराउन र जेल हाल्न हाम्रो न्याय प्रणालीलाई जोड दिनु पर्छ ।’

संस्थाले सङ्कलन गरेको तथ्याङ्कले २०१७ देखि २०२४ सम्म लन्डनमा कुल ६ लाख ८४ हजार मोबाइल फोन चोरी भएको देखाएको छ, जसको अनुमानित मूल्य ३६५ मिलियन पाउण्ड थियो ।

सन् २०१९ मा फोन चोरी बढेर ९१ हजार पुगेको थियो तर कोभिड लकडाउन र यात्रा प्रतिबन्धको समयमा यसमा उल्लेखनीय कमी आयो ।

सन् २०२३ सम्म चोरीको संख्या कोभिड–पूर्वको स्तरमा पुनः सुरु भएको थियो, जसमा एक लाख १५ हजार फोन चोरी भएको रिपोर्ट गरिएको थियो।

तथ्याङ्कले देखाएको छ कि चोरी प्रायः दिउँसो अबेर र साँझको समयमा भएको थियो । गत वर्ष साँझ ४ देखि ५ बजेसम्म ८ हजार २३१, साँझ ५ देखि ६ बजेसम्म ८ हजार ८०६ र साँझ ६ देखि ७ बजेसम्म ८ हजार ९७५ चोरी भए ।

बिहान ६ देखि ७ बजेसम्मको समयमा सबैभन्दा कम चोरीको रिपोर्ट गरिएको थियो । त्यस समयमा केवल एक हजार ३६ फोन खोसिएको थियो ।

चोरी भएका फोन सेटमा एप्पलका आइफोनहरू थिए, जसमध्ये लगभग ७१ हजार तिनका मालिकबाट खोसिएको थियो भने १४ हजार सामसुङ फोनहरु खोसिएका थिए ।

वेष्टमिन्स्टरमा सबैभन्दा धेरै ३४ हजार ३९ फोन चोरी भएको थियो । त्यसपछि क्याम्डेनमा १० हजार ९०७ र साउथवार्कमा ७ हजार ३१६ फोन चोरी भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू