शनिबार, २३ अगस्ट, २०२५
06:09 | १०:५४

गोर्खाहरुलाई दिग्भ्रमित बनाउन खोज्दा आफैं सिकार ….

नेपाली लिङ्क अगस्ट २२, २०२५

गत ८ अगष्ट सन २०२५ मा दलबहादुर बुढाथोकीका नामबाट एभरेष्ट टाइम्समा प्रकाशित CNCBG को लेख हेर्दा CNCBG ले पुनः BGNCCC को खुट्टा तानेर आफ्नो जस लिने प्रवृत्ति प्रदर्शन गरिरहेको कुरा स्पष्ट बुझ्न सकिन्छ। यसकारण “CNCBG सधैं मनमा गुनासो बोकेर, असन्तुष्ट भएर खुट्टा तान्ने प्रवृत्ति छ” भन्ने कुरा पुष्टि हुन्छ।

BGNCCC ले कहिल्यै पनि थर्क रानालाई ब्रिटिश गोर्खा नागरिकता निरन्तरता अभियानबाट निकालेको थिएन, न त निकाल्ने चाहना राखेको थियो। तर, उहाँले अभियानलाई नै आँच पुर्‍याउने खालका कार्यहरू गर्न पुग्नुभएको हुँदा उहाँको जिम्मेवारी मात्र फेरबदल गरिएको थियो।

BGNCCC ले वरिष्ठ कानूनविद्हरूसँग गहन छलफल गरेर, २०६३ सालको नागरिकता ऐनको दफा ३(१) (४) प्रयोग गर्दै ब्रिटिश गोर्खा परिवारहरूको नेपाली नागरिकता निरन्तरताका लागि प्रस्ताव तयार गरी राज्य व्यवस्था तथा सुशासन समितिमा दर्ता गराउन सफल भएको थियो। त्यसैले हाल उक्त विषय छानबिन तथा अध्ययन प्रक्रियामा छ। यसै सन्दर्भमा, उक्त दफा प्रयोग गरिनुको कारण स्पष्ट पार्न बरिष्ठ अधिवक्ताज्यूले स्वयं Zoom मिटिङ बोलाई CNCBG लाई जानकारी गराउनुभएको थियो। तर, CNCBG ले या त नबुझेर, या बुझपचाएर, यसलाई विकृत पार्दै भ्रम फैलाउने काममा तल्लीन रहेको देखिन्छ।

सबैभन्दा पहिले, थर्क रानाले आफू रहेको BGNCCC बाट बाहिरिएर अर्को संस्था CNCBG खोल्नु नै गद्दारीसमान काम थियो। त्यसपछि अनेक किसिमका भ्रम छर्दै यस ऐतिहासिक अभियानलाई निष्क्रिय बनाउन तल्लीन हुँदा अभियानलाई नै गम्भीर असर पर्ने स्थिति आएको छ।

यसकारण, यस्ता गतिविधिबाट सचेत रहन तथा अभियानलाई अझ सशक्त बनाउन BGNCCC UK/Nepal सम्पूर्ण सदस्यहरू र शुभेच्छुकहरूप्रति हार्दिक अपिल गर्दछ।

-गुणराज राई

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू