बुधबार, २० अगस्ट, २०२५
14:56 | १९:४१

दोस्रो एनआरएनए कप तथा मेला गर्न जुट्यो एनआरएनए यूके

नेपाली लिङ्क अगस्ट २०, २०२५

लन्डन- कुलमान घिसिङको भव्य स्वागत कार्यक्रम सम्पन्न गरेपछि गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) दोस्रो एनआरएनए कप तथा मेला गर्न जुटेको  छ ।  

संघले आगामी १३ सेप्टेम्वर शनिबार फेल्थाम खेल मैदानमा एनआरएनए कप तथा नेपाली उत्सव गर्दैछ । 

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले एनआरएनए कपमा फुटवल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिने जनाए । दर्शकले इभेन्टबाट खेल, मौलिक खाना र सांस्कृतिक प्रस्तुतिको ‘फुल प्याकेज’ पाउने गाहामगरले बताए । 

फुटबलमा मेन, भेट्रान र महिला टिमबीच प्रतिस्पर्धा हुनेछ । 

अहिले टिम दर्ता भइरहेको संघले जनाएको छ । टिम प्रवेश शुल्क मेन टिमका लागि £२००, भेट्रान £२०० र महिला टिम दर्ता शुल्क £५० तय गरिएको छ।

मेन टिमतर्फ विनरले २२०० पाउन्ड, रनरअपले ११०० पाउन्ड प्राप्त गर्ने छन् भने भेट्रानतर्फ विजयी टिमले १२०० पाउन्ड र रनरअप टिमले ६०० पाउन्ड प्राप्त गर्ने युवा संयोजक विशाल राईले जनाए ।

त्यस्तै महिलातर्फ च्याम्पियन टिमले £२०० एवं उपविजेताले £१०० प्राप्त गर्ने संघको भनाइ छ । 

टिम दर्ता गराउन संघले इच्छुक खेलाडीहरुलाई अनुरोध गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू