मंगलबार, ११ नोभेम्बर, २०२५
23:01 | ०४:४६

हेजका महिलाले मनाए तीज

नेपाली लिङ्क अगस्ट १७, २०२५

लन्डन । नेपाली महिलाहरुको महान पर्व तीज नजिकिंदै गर्दा बेलायतमा पनि विभिन्न कार्यक्रम गरिएका छन् ।

यसै सिलसिलामा नेपलिज कम्युनिटी यूके हेज लन्डनले गत शुक्रबार तीज महोत्सव गरेको छ ।

लक्ष्मी बस्नेत र सुश्मा बस्याल बस्ताकोटीले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् ।

स्थानीय द कन्जरभेटिभ क्लबमा आयोजित तीज महोत्सवमा सहभागी नेपाली दिदीबहिनीहरुले तीज गीतमा नाचगान गरेर रमाइलो गरे ।

सो अवसरमा डिनर साथै आकर्षक पुरस्कारसहित ‘लक्की ड्र’ समेत गराइएको थियो । ‘लक्की ड्र’ मा मोडल अमिका क्षेत्रीले पहिलो पुरस्कार सुनको असर्फी जितिन् ।

पहिलो पुरस्कार सिधार्थ ज्वेलर्सले प्रायोजन गरेको हो । दोस्रो पुरस्कार श्रीकृष्ण ज्वेलर्सले प्रायोजन गरेको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू