लन्डन आइन् लोकप्रिय गायिका कोमल ओली, च्यारिटीका लागि गाउँदै



लन्डन- लोकप्रिय गायिका कोमल ओली लन्डन आइपुगेकी छन्।
आइतबार बिहान लन्डनको हिथ्रो विमानस्थल उत्रिएकी उनले केही साता बेलायतमा रहेर विभिन्न कार्यक्रममा प्रस्तुति दिने भएकी छन् ।
नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् पूर्व राष्ट्रियसभा सांसदसमेत रहेकी गायिका ओली यसपटक भने विशुद्ध सांगीतिक भ्रमणका शिलशिलामा बेलायत आएकी हुन् ।
कुनै बेलाकी चर्चित र लोकप्रिय गायिका ओलीका ‘तुल्सीपसरमा म जाँदा खेरी’, ‘मलमल किरी जुनकिरी’, ‘पोइला जान पाम’ जस्ता कयौं गीत बहुचर्चित छन् ।
बेलायतमा रहंदा विभिन्न कार्यक्रममा सांगीतिक प्रस्तुति दिने उनको तयारी छ । उनको पहिलो प्रस्तुति यही अगष्ट १८ तारिख सोमबार शान्ति नेपाली समाज बेलायतले बर्मिङहममा गर्ने तीज कार्यक्रममा रहनेछ ।
ओलीले कार्यक्रममा प्रस्तुति गरेबापत प्राप्त रकम गृहजिल्ला दाङ मा आइसियू एम्बुलेन्सका लागि सहयोग गर्ने बताएकी छन् ।
बेलायतमा गायिका ओलीका कार्यक्रमहरुबारे जानकारी लिन र उनलाई कार्यक्रमहरुमा निम्त्याउन सनराइज् इभेन्ट्सका प्रकाश कंडेललाई सम्पर्क राख्न सकिने जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५