सोमबार, ११ अगस्ट, २०२५
04:59 | ०९:४४

बेलायतका पर्वतवासीले पर्वतमा मन्दिर बनाउन गरे आर्थिक सहयोग

नेपाली लिङ्क अगस्ट १०, २०२५

लन्डन- पर्वत समाज यूकेले पर्वतको धार्मिक कार्यमा आर्थिक सहयोग गरेको छ । पर्वतको ऐतिहासिक श्री मोक्षद्वारी बाल सिद्य योगाश्रम डहरेमा श्रीमाता भगवतीको मन्दिर निर्माणका लागि समाजले दुई लाख रुपैंया सहयोग गरेको हो । 

पर्वतवासीहरुको आत्मियता आदानप्रदान सँगै पर्वत समाज यूकेले निरन्तर रुपमा विभिन्न परोपकारी, धार्मिक, सामाजिक काम गर्दै आएको छ ।

जन्मभूमिलाई सामाजिक, भौतिक र सक्दो आर्थिक सहयोग गर्ने लक्षलाई निरन्तरता दिंदै आइरहेको समाजले यसपटक पनि पर्वतको डहरेस्थित ऐतिहासिक श्री मोक्षद्वारी बाल सिद्य योगाश्रम डहरेमा श्री माता भगवतीको मन्दिर निमार्णको क्रममा उक्त सहयोग गरेको समाजका अध्यक्ष सुरज पौडेलले बताए । 

उक्त कार्यका लागि पर्वत समाज यूकेबाट स्वेच्छिक आर्थिक सहयोगको अभियान चलाइएको थियो । त्यसै गरी पर्वत समाजलाई अझ बढि सक्रिय बनाई पर्वत जिल्लाको समग्र विकास सँगै हाते मालो गरेर शैक्षिक तथा समाजिक कार्यक्रम अगाडि बढाउने लक्ष रहेको समाजका महासचिव बाबुराम भुषालले बताए ।  

स्मरण रहोस् पर्वत समाज यूके सन् २००२ मा स्थापना भएर पर्वतको समाजिक, शैक्षिक विकाससँगै विभिन्न आपतकालिन अवस्थामा पनि सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू