फर्किइन् पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा



लन्डन । नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा करिब एक साता लामो बेलायत भ्रमण सकेर नेपाल फर्किएकी छन् ।
नेपाल पत्रकार महासंघ यूकेको १४ औं स्थापना दिवस तथा साधारणसभाका लागि प्रमुख आतिथ्य ग्रहण गर्न १ अगष्टमा बेलायत आएकी शर्मा आइतबार बिहान नेपाल फर्किएकी हुन् ।
अध्यक्ष शर्मालाई बेलायत शाखा अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, पूर्व अध्यक्ष नरेश खपांगीमगर, पत्रकार प्रकाश कंडेल, एनआरएनए उपाध्यक्ष रामशरण सिम्खडा लगायतले हिथ्रो विमानस्थलमा विदाइ गरे ।
अध्यक्ष शर्माले शाखाका पदाधिकारीलाई व्यवसायिक पत्रकारितामार्फत नेपालमा समेत आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्न अपिल गरेकी छन् । शर्माले शाखाको काममा केन्द्रबाट कुनै हस्तक्षेप नगर्ने पनि प्रष्ट पारिन् ।
शर्मा एनआरएनए यूकेको अन्तरक्रियामा समेत सहभागी भइन् । शर्मालाई फोनिज यूकेले पनि सम्मान गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५