बिहीबार, ७ अगस्ट, २०२५
18:12 | २२:५७

एनआरएनए स्कटल्याण्ड नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा कार्यभार हस्तान्तरण

नेपाली लिङ्क अगस्ट ७, २०२५

लन्डन- एनआरएनए यूकेअन्तर्गत राज्य समन्वय परिषद स्कटल्याण्डको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा कार्यभार हस्तान्तरण सम्पन्न भएको छ ।

गत सोमबार ग्लास्गोस्थित श्री पशुपतिनाथ मन्दिरको सामुदायिक कक्षमा एक कार्यक्रमबीच परिषदको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीाई एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले शपथग्रहण गराए ।

सोही अवसरमा निवर्तमान कार्यसमितिका तर्फबाट अध्यक्ष दिवाकर पाण्डे र सचिव रामप्रसाद कंडेलले आफ्नो कार्यकालमा भए गरेका कामको अभिलेख, सस्थाको नगद तथा जिन्सी सम्पत्ति नयाँ कार्यसमितिलाई हस्तान्तरण समेत गरे ।

कार्यक्रमका प्रमुख अतिथि पुडासैनीले आफ्नो सम्बोधनमा यसपटकको निर्वाचन अभियानमा स्कटल्याण्डको सक्रियता र सहभागिता उत्साहजनक रहेको उल्लेख गर्दै प्रशंसा गरे ।

उनले संथाको विधानमा राज्य समन्वय परिषदहरुका सम्बन्धमा रहेका अस्पष्टता र कमीकमजोरीलाई विधान अधिवेशनमार्फत् हल गर्दै राज्य परिषदहरुलाई सशक्त र सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे ।

परिषदका नवनिर्वाचित अध्यक्ष शेर केसीले आफ्नो कार्यसमितिलाई निर्विरोध निर्वाचिन गराउने सम्पूर्ण स्कटल्याण्डवासी नेपालीहरुलाई धन्यवाद दिए ।

उनले अझ बढी विश्वास र जिम्मेवारी थपिएको महसुस भएको महसुस भएको भन्दै समाजमा केही फरक र प्रभावकारी कार्य गरेर देखाउने अठोट व्यक्त गरे।

नयाँ कार्यसमितिका सचिव माधव भण्डारीले सबै अभियानकर्मीहरूलाई धन्यवाद दिँदै एनआरएनए २०२५ को सदस्यता अभियान स्कटल्याण्डबाट कसरी सुरु भयो र त्यसको सफलता कसरी हासिल गरियो भन्ने विषयमा जानकारी गराए ।

सचिव भण्डारीले आगामी कार्यकालमा राजनीतिक प्रभावमुक्त संस्था, सामाजिक उत्तरदायित्वका लागि च्यारिटी कार्यक्रम, अन्तरक्रिया कार्यक्रम, विधान संशोधन, गोर्खाहरूको मुद्दामा ऐक्यबद्धता, युवासँग सहकार्य र पहुँचयुक्त एनआरएनए तथा स्कटल्याण्डको विभिन्न क्षेत्रमा क्षेत्रीय समितिको विस्तारलगायतका योजना प्राथमिकतामा राखिने बताए ।

परिषदले पूर्व अध्यक्षसमत रहेका स्कटल्याण्डका समाज सेवी, सफल व्यवससायी काशिराम भण्डारीलाई सर्वसम्मत रूपमा मुख्य संरक्षकमा चयन गरेको छ ।

नयाँ कार्यसमितिले सर्वसम्मतिमा मनोनयनगरेका केहि सदस्यहरूलाई समेत शपथग्रहण गराइएको थियो ।

कार्यक्रममा एनआरएनए सल्लाहकार एवम् विधान मस्यौदाकर्ता डा राम अधिकारीले संस्थालाई थप पारदर्शी र सशक्त बनाउन विभिन्न वैधानिक र नीतिगत बिषयहरुको पूणता आवश्यक रहेको बताउँदै अबको कार्यसमितिले त्यसतर्फ ध्यान दिन सल्लाह दिए ।

सो अवसरमा अभियन्ता राम बगाले, नवनिर्वाचित अन्तराष्ट्रिय समन्वय परिषद सदस्य छवी अर्याल, राष्ट्रिय समन्वय परिषदका महासचिव दिवाकर पाण्डे, उपाध्यक्षहरु उज्ज्वल कार्की र राम प्रसाद कंडेल, सचिव कृष्ण देवकोटा (दयालु) विन्दु त्रिपाठीलगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू