बिहीबार, ७ अगस्ट, २०२५
16:56 | २१:४१

बैंक अफ इंग्ल्यान्डले फेरि घटायो ब्याजको आधार दर, नयाँ दर ४ प्रतिशत

नेपाली लिङ्क अगस्ट ७, २०२५

लन्डन- बैंक अफ इंग्ल्यान्डले ब्याजको आधार दर (बेसिक इन्ट्रेस्ट रेट) फेरि घटाएको छ ।

विहिबार सम्पन्न बैंकको मनिटरी पोलिसी कमिटी बैठकले यसअघि ४ दशमलव २५ प्रतिशत रहेको यो दरलाई घटाएर ४ प्रतिशतमा झारेको छ ।

यो पछिल्लो एक वर्षमा भएको पाँचौं कटौती हो । यससंगै बेलायतमा ब्याजको आधार दर पछिल्लो दुई वर्षभन्दा लामो समयताकै सबैभन्दा न्यून बनेको छ ।

ब्याजको दर कटौतीका लागि बैंक अफ इंग्ल्यान्डको ९ सदस्यीय मोनिटरी पोलिसी कमिटीमा दुईपटक मतदान गर्नुपरेको र झिनो बहुमतका आधारमा मात्रै घटाइएको जनाइएको छ।

मुद्रास्फिति उच्च रहेका कारण ब्याजको दर घटाउने वा नघटाउने भन्नेमा कमिटीका सदस्यहरुमा फरक मत देखिएको थियो ।

बैंक अफ इंग्ल्यान्डले तय गर्ने ब्याजको आधार दरलाई नै आधार बनाएर हाइ स्ट्रिट बैंकहरुले प्रवाह गर्ने मोर्गेज, ऋणमा लगाइने ब्याजदेखि वचतकर्ताले पाउने ब्याजसमेतको दर निर्धारण हुने गरेको छ ।

ब्याजको आधार दर घटेसंगै बैंकहरुबाट मोर्गेज वा अरु कुनै ऋणहरु लिनेहरुले बुझाउनुपर्ने दर घट्ने भएको छ तर वचकर्ताहरुले बैंकहरुबाट प्राप्त गर्ने ब्याज पनि घट्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू