आइतबार, ३ अगस्ट, २०२५
15:19 | २०:०४

साम्पाङ देउराली समाजको वार्षिक भेला सम्पन्न

नेपाली लिङ्क अगस्ट ३, २०२५

लन्डन- भोजपुर षडानन्द नगरपालिका अन्तर्गत साम्पाङ देउराली समाजको वार्षिक भेला शनिबार माइतीघर रेष्टुरेण्ट अल्डरसटमा सम्पन्न भएको छ।

उक्त भेलामा नेपाल गाउंबाट आई बेलायतको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका दाजुभाई, दिदीबहिनी र चेलीहरुसहित साना नानीहरुको समेत सहभागिता थियो। 

भेलामा जेष्ठ नागरिक ९० वर्षिय रन बहादुर राईको समेत उपस्थिति रहनुले भेला झनै रोचक बनेको थियो।

भेलाले बेलायतमा आइपर्ने कुनै पनि दु:ख, आपतविपतमा मिलेर कस्तो सहयोग दिन सकिन्छ भन्नेबारे विशेष छलफल गर्दै क्याप्टेन बसन्त राईको अध्यक्षतामा सात सदस्यीय एक समिति समेत गठन गरेको छ जसमा उपाध्यक्ष बिनायक राई, कोषाध्यक्ष हरी गिरी, ईन्चार्ज चन्द्र घले, सह-ईन्चार्ज संगीता राई साथै सल्लाहकार सदस्य अम्बिर राई र रूद्र तामाङ छन् ।  

समिति गठन गरे पश्चात मनोरन्जनात्मक कार्यक्रम शुरु भएको थियो । सो अवसरमा तोम्बला खेल्नुको साथै सहभागीहरु विभिन्न नेपाली चर्चित गीतहरुमा नाचगान गरे ।  

मध्यान्ह १२ बजे बाट सुरु भएको कार्यक्रम बेलुकी ११ बजे सम्पन्न भएको थियो। अन्तमा भेलाले कार्यक्रम तयारी गर्ने समूह चन्द्र घले, बिनायक राई लगायतलाई धन्यबाद ज्ञापन गरेको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू