शनिबार, २ अगस्ट, २०२५
20:24 | ०१:०९

पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्मा लन्डनमा

नेपाली लिङ्क अगस्ट १, २०२५

लन्डन । नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्मा लन्डन आइपुगेकी छन् ।

पत्रकार महासंघ बेलायत शाखाको १४ औं स्थापना दिवसका लागि अध्यक्ष शर्मा शुक्रबार सांझ लन्डन उत्रिएकी हुन् ।

अध्यक्ष शर्मालाई हिथ्रो टर्मिनल २ मा शाखा अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी, महासचिव खेमराज रानाभाट, संस्थापक अध्यक्ष नवीन पोखरेल र ओएनएफ यूके सचिव गंगा क्षेत्रीले स्वागत गरे ।

शाखाको १४ औं स्थापना दिवस तथा साधारणसभा यही ३ अगष्ट आइतबार अल्डरसटस्थित एम्पायर हलमा तय छ । उक्त कार्यक्रममा ‘वर्ष पत्रकारिता सम्मान’ समेत प्रदान गरिने भएको छ ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेसहित बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुने कार्यक्रम छ ।

अध्यक्ष शर्मा करिब एक साता बेलायतमा रहने शाखाले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू