कोभेन्ट्री नेपाली समाज गर्दैछ सांगीतिक बस भ्रमण



लन्डन- कोभेन्ट्री नेपाली समाजले सांगीतिक तथा पारिवारिक बस भ्रमण गर्ने भएको छ ।
कोभेन्ट्रीमा रहँदै आएका नेपालीमा विभिन्न सृजनात्मक कार्यक्रम गर्दै आइरहेको समाजले नेपालीलाई लक्षित गरी ७ वटा बस रिजर्भ गरेर करिब ४०० जनाको सांगीतिक बस भ्रमण गर्ने भएको हो ।
भ्रमण कार्यक्रम जुलाई ३१ तारिख बिहीबार रहेको समाजले जनाएको छ । बेलायतको आकर्षक स्थान वेल्सका पहाडी भेग सँगै सामुन्द्रिक भ्रमण गराउने तयारी छ ।
विशेषगरि समर विदाको समयमा बालबालिका लक्षित उक्त कार्यक्रम गर्न लागिएको समाजले जनाएको छ ।
विभिन्न सामाजिक सांस्कृतिक कार्यक्रम गर्दै आएको समाजले यसपटक पारिवारिक वातावरणमा भ्रमण तयारी गरेको समाजका अध्यक्ष सन्तोष रेग्मीले बताए ।
उक्त सांगीतिक एवं पारिवारिक भ्रमण सम्पन्न गर्न बस ग्रुप विभाजन गरिएको छ । ७ वटा कोचमा विभाजन गरिएको कार्यक्रममा कोच १ मा सुवास अधिकारी, श्रीङगम तिमिल्सेना, पर्वत बस्नेत, कोच २ का लागि मणी सापकोटा, कल्पना दाहाल, राजु बानिया, कोच ३ मा रमेश कंडेल, रविन थापा, नविना गौतम, कोच ४ को लागि नारायण रेग्मी, प्रकास आचार्य, नरेश जिसी, कोच ५ को लागि राजन बस्नेत, हिरालाल वि.क, रविना सुनुवार, निर्मल दवाडी, कोच ६ को लागि प्रकाश वाग्ले, विनोद विकल, योजना श्रेष्ठ, सावी पौडेल कोच ७ का लागि राजन लामिछाने, एकनाथ आचार्य, मनोज आचार्य, सरोज उप्रेती र उत्सव आचार्य छन् ।
बस यात्रा कार्यक्रमले बालबालिकाको शैक्षिक क्षमतासमेत उजागर हुने विश्वास लिइएको समाजका महासचिव बाबुराम भुषालले बताए ।
भ्रमणका लागि लोकेसन छनौट तथा ब्यवस्थापन गर्न वैज्ञानिक तथा वारविक युनिभर्सिटीका प्रोफेसर डा. प्रदिप लामिछाने र आइटी इन्जिनियर कृष्ण शर्माको सक्रिय भूमिका छ ।
स्मरण रहोस् कोभेन्ट्री नेपाली समाजले विगत दुई वर्षदेखि नेपाली बालबालिकाका लागि नेपाली भाषा कक्षासमेत निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।