बुधबार, ३० जुलाइ, २०२५
09:09 | १३:५४

नक्कली हलाल मासु बेच्नेलाई ४ वर्ष ८ महिना जेल सजाय

नेपाली लिङ्क जुलाइ २९, २०२५

युनिभर्सल फूड होलसेल लिमिटेडका मालिक हेलिम मियाँ । फोटो- बीबीसी

लण्डन– हलालको नाममा नक्कली मासु बेचेर उपभोक्ता ठग्ने दुई व्यापारीलाई जेल चलान गरिएको छ ।

कार्डिफ निवासी ४६ वर्षीय हेलिम मियालाई ४ वर्ष ८ महिना जेल सजाय सुनाइएको छ भने ४६ वर्षीय नोआफ रहमानले गल्ति स्वीकारेका कारण २४ महिनाको निलम्बित सजाय सुनाइएको छ ।

उनीहरुले युनिभर्सल फूड होलसेल लिमिटेडबाट नक्कली हलाल कुखुराको मासु बेचेर ग्राहकलाई ठगी गर्दै आएको बीबीसीले जनाएको छ। दोषी ठहर गरिएका ती व्यक्तिले विभिन्न रेस्टुरेन्ट तथा फास्ट फूड आउटलेटहरूमा ‘हलाल’ भन्दै नक्कली हलाल मासु बिक्री गर्दै आएका थिए ।

परीक्षणका क्रममा मासुमा प्रमाणित हलाल प्रक्रिया कुनै नअपनाएको र उपभोक्तालाई भ्रममा पारेर ठूलो मात्रामा नक्कली हलाल मासु वितरण गरिरहेका थिए। यसबाट विशेष गरी मुस्लिम समुदायको धार्मिक विश्वासमा ठेस पुर्‍याएको अधिकारीहरूको भनाइ छ।

उनीहरुको गलत धन्दाबारे उजुरी परेपछि सन् २०१९ मा अनुसन्धान शुरु गरिएको थियो भने कार्डिफको गोदामबाट २ हजार ८४० केजी फ्रोजन मासु जफत गरिएको थियो ।

उनीहरुले ५ वर्षसम्म नक्कली हलाल मासु बेचेको अनुसन्धानबाट पत्ता लागेको छ । स्वास्थ्य सुरक्षासम्बन्धि लापरवाही गर्नुका साथै मिति परिवर्तन गर्ने र उचित तापक्रममा नराखेको अनुसन्धानबाट पत्ता लागेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू