एनआरएनए यूके प्रवक्ता मनोनित भए श्याम लुइंटेल



लन्डन- एनआरएनए यूकेको नवनिर्वाचित कार्यसमितिको प्रवक्तामा पत्रकार श्याम लुइंटेल मनोनित भएका छन्।
आइतबार शपथ लिएको राजेन्द्र पुडासैनी नेतृत्वको कार्यसमितिले पहिलो बैठकबाटै लुइंटेललाई प्रवक्ता मनोनित गर्ने निर्णय गरेको हो।
प्रवक्ता मनोनित लुइंटेल नेपाल पत्रकार महासंघ यूके शाखाका पूर्व वरिष्ठ उपाध्यक्ष हुन्। उनी पछिल्लो दुई दशकदेखि पत्रकारितामा संलग्न रहँदै आएका छन्।
लुइंटेलले एनआरएनए यूकेमा पनि यसअघि एक कार्यकाल कोअप सदस्यको रुपमा कार्यसमितिको अनुभव बटुलेका थिए। त्यस्तै, उनी विगतमा एनआरएनए यूके सल्लाहकारको भूमिकामा पनि थिए।
आफूलाई प्रवक्ता मनोनित गरेकोमा लुइंटेलले अध्यक्ष राजेन्द्र पुडासैनीसहित एनआरएनए यूकेको सिंगो कार्यसमितिप्रति आभार प्रकट गरेका छन्।
नवनिर्वाचित अध्यक्ष र उनको टिमलाई सफल बनाउन आफ्नो क्षमता र अनुभवलाई उपयोग गर्दै सक्दो योगदान दिने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५