नेपलिज डक्टर्स एसोसिएसन यूकेमा महिला नेतृत्व, डा. हमाल नयां अध्यक्ष



लन्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको ४० औं वार्षिक साधारण सभाले नयां नेतृत्व चयन गरेको छ ।
जुलाई २५ देखि २७ सम्म डरहममा भएको उक्त वार्षिक साधारण सभाले डा. आरती हमालको अध्यक्षतामा नयां नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
कार्यकारी समितिको उपाध्यक्षमा आशिष श्रेष्ठ, महासचिव डा. प्रज्वल घिमिरे, कोषाध्यक्ष डा. रवि पन्त, सहसचिव डा. पारुल श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरि सदस्यहरुमा डा अनिल श्रेष्ठ, डा अभिषेक ताम्राकार, डा विक्रम थापा, डा गोकुल भट्ट, डा ऐस्ता सुब्बा एवं मनोनित सदस्यहरुमा डा ससा शाक्य र डा बिवेचन थापा चुनिएको निर्वाचन अधिकृत सविन जोशीले जानकारी दिए ।
नयां कार्यसमितिको कार्यकाल २०२५–२०२७ हुनेछ ।
नवनिर्वाचित अध्यक्ष डा. हमालले आफ्नो स्वीकृति मन्तव्यमा कार्यकारी समितिलाई उनीहरूको कडा परिश्रमका लागि धन्यवाद दिइन् ।
डा. हमालले रिटर्निङ अफिसरको रुपमा जिम्मेवारी वहन गर्ने डा. सविन जोशी एवं आफूलाई मनोनयन गरेकामा डा. पारस सिंह र डा. कमल अर्यालमा समेत कृतज्ञता व्यक्त गरिन् ।
प्रतिवद्धता मन्तव्यका क्रममा अध्यक्ष डा. हमाले आगामी २ वर्षको कार्यकालमा विभिन्न क्षेत्रमा केन्द्रित भएर काम गर्ने रुपरेखा प्रस्तुत गरेकी छन् जसमा एसोसिएसनको विधान थप सुदृढ पार्ने, कार्यशैली रुपान्तरण, दीर्घकालीन स्थिरता र दिगोपनका लागि कोषवृद्धि, सदस्यता विस्तार, नेपाली चिकित्सकहरुको व्यक्तित्व विकास र ऊर्जा बढाउन करिअर केन्द्रित परियोजना, व्यवसायिक विकास र सिकाइ अवसरहरु सृजना, संस्थागत प्रभाव बढाउन संस्थाभित्र र बाहिर साझेदारीलाई प्राथमिकता, नेपालका लागि परोपकारी कार्य आदि गर्ने छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५