बेलायतका बगाले थापाले मनाए २५१औं भीमसेन थापा जन्म जयन्ती



लन्डन– बेलायतमा बसोबास गर्दै आएका बगाले थापा समुदायले एक विशेष कार्यक्रम गर्दै २५१औं भीमसेन थापा जन्म जयन्ती तथा वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न गरेका छन्।
बगाले थापा रेडिङको आयोजनामा सम्पन्न कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट करिब ८० जना बगाले थापा परिवारका सदस्यहरुको उपस्थिति थियो ।
कार्यक्रमले भीमसेन थापाको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै आपसी भाइचारा, ऐक्यबद्धता र ऐतिहासिक गौरवको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ ।
कार्यक्रममा संयोजनको भूमिका मनोहर थापा, भेष थापा, राजा थापा, नवीन थापा र अन्जान थापाले निर्वाह गरेका थिए ।
कार्यक्रममा भेष थापाले भीमसेन थापाको जीवनी र ऐतिहासिक योगदानबारे प्रकाश पारे । यसैगरी, संयोजक मनोहर थापाले बगाले थापाको ऐतिहासिक पृष्ठभूमिबारे प्रष्ट पार्दै यस्ता कार्यक्रम भविष्यमा अझ व्यापक र प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमप्रति व्यापक उत्साह देखिएको थियो र सहभागीले यसलाई इतिहासको संरक्षण र भावी पुस्तामा ज्ञानको हस्तान्तरण गर्ने अवसरका रूपमा लिएका छन् ।
वि.सं. १८३२ श्रवण ९ गते गते गोरखाको पिपलथोकमा जन्मिएका भीमसेन थापा नेपालका प्रथम प्रधानमन्त्री तथा एक महान् राष्ट्रनिर्माता हुन् । बेलायती उपनिवेशवादविरुद्धको संघर्ष, प्रशासनिक सुधार र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि उनले गरेको योगदान आज पनि नेपाल र नेपालीका लागि प्रेरणादायी बनेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५