स्कटल्यान्डका सदस्यले बुझाएको शुल्कबाट ४५ सय पाउन्ड दिइयो राज्य परिषदलाई



लन्डन- एनआरएनए यूकेले स्कटल्यान्डका सदस्यहरुले बुझाएको सदस्यता शुल्कबाट ४ हजार ५ सय ९ पाउण्ड स्कटल्यान्ड राज्य परिषदलाई प्रदान गरेको छ ।
स्कटल्यान्डबाट जम्मा १ हजार ५ सय ३ जनाले एनआरएनए यूके सदस्यता लिएकोमा हरेक सदस्यको ३ पाउन्डका दरले राज्य परिषदलाई शुल्क हस्तान्तरण गरिएको हो ।
यसअघि २२ अप्रिल २०२५ मा एनआरएनए यूके र राज्य समन्वय परिषद स्कटल्यान्डबीच भएको सम्झौताअनुसार स्कटल्यान्ड परिषदलाई शुल्क फिर्ता गरिएको महासचिव गोविन्द खरेलले नेपालीलिंकलाई जानकारी दिए ।
एनआरएनए यूके सदस्यता लिने क्रममा स्कटल्यान्डबाट हरेक सदस्यले बुझाउने जम्मा १० पाउन्डमध्ये ३ पाउण्ड राज्य परिषदलाई दिने सहमति भएको थियो ।
एनआरएनए यूकेले सोही सहमतिको प्रतिवद्धताअनुसार सदस्यता शुल्कको अंश राज्य परिषदलाई बुझाएको महासचिव खरेलले बताए ।
रकम परिषदको खातामा ट्रान्सफर भइसकेको जानकारी कोषाध्यक्ष विष्णु खरेलले दिए ।
एनआरएनए युके अध्यक्ष हित काजी गुरुङले यसपटक स्कटल्यान्डबाट उत्साहजनक रुपमा सदस्यता लिने सबै सदस्यलाई संस्थाको तर्फबाट धन्यवाद दिए ।
राज्य परिषदहरुको संरचनालाई बलियो पार्दै जाने उद्धेश्यअनुरुप सदस्यता शुल्कको अंश हस्तान्तरण गरिएको उनले बताए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५