शुक्रबार, २५ जुलाइ, २०२५
22:55 | ०३:४०

लन्डन आइपुगे रचना रिमाल र रामजी खांड, सयपत्री साँझ आइतबार

नेपाली लिङ्क जुलाइ २४, २०२५

लन्डन– लोकप्रिय गायिका रचना रिमाल र गायक रामजी खांड सांगीतिक कार्यक्रमका लागि लन्डन आइपुगेका छन्।

सयपत्री नेपाली कल्चरल ग्रुप यूकेको आयोजनामा यही आइतबार साँझ अल्डरसट एम्पायर हलमा हुने सयपत्री साँझमा प्रस्तुति गर्न उनीहरु विहीबार बेलुका लन्डन आइपुगेका हुन्।

कलाकारहरु लन्डन हिथ्रो विमानस्थलमा उत्रिंदा सयपत्री ग्रुपका अध्यक्ष दिपक शाहीसहित कार्यसमितिका पदाधिकारीहरुले स्वागत गरेका थिए।

कलाकारलाई स्वागत गर्न महासचिव गौरव क्षेत्री, संस्थापक अध्यक्ष एलबी गुरुङ, ट्रष्टी कविता गुरुङ, बोर्ड मेम्बर हिरा थापा, आजीवन सदस्य दिपक थापा माइथानेमगर लगायत विमानस्थल पुगेका थिए।

बेलायत उत्रिएलगत्तै कलाकारहरुले सयपत्री साँझमा सहभागिताको लागि बेलायतवासी नेपाली दर्शकलाई आमन्त्रण गरेका छन् ।

बेलायतमा प्रस्तुति गर्न उत्साहित रहेको जनाउँदै उनीहरुले दर्शकलाई भरपूर मनोरञ्जन दिलाउने विविध प्रस्तुतिहरु गरिने बताए ।

सयपत्री साँझ आइतबार बेलुका ६ देखि ११ बजेसम्म तय छ । कार्यक्रमको टिकट शुल्क २५ पाउन्ड छ जसमा डिनर समेत उपलब्ध गराइनेछ।

बेलायतमा रहंदा गायिका रिमाल र गायक खाँडले सयपत्री सांझबाहेक अरु केही कार्यक्रममा समेत प्रस्तुति गर्ने तयारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू