शुक्रबार, २५ जुलाइ, २०२५
16:59 | २१:४४

बेलायतमा दुई दिने व्यापार तथा सीप तालिमको तयारी

नेपाली लिङ्क जुलाइ २४, २०२५

लन्डन । माउस टेल वेब सर्भिसेसले दुई दिने व्यापार तथा सीप तालिम सञ्चालन गर्ने भएको छ ।

३० र ३१ अगस्टमा विशेष तालिम सञ्चालन गर्न लागिएको आयोजक एवं माउस टेल वेब सर्भिसेसका प्रोपाइटर मानबहादुर गुरुङले जनाए।

नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिने उक्त तालिम भौतिक र जुम गरि हाइब्रिड माध्यमबाट सञ्चालन गरिनेछ । 

गुरुङले तालिममा व्यापारमा सफलता तथा संघसंस्था कसरी संगठित, सुदृढ र प्रभावकारी बनाउने भन्ने विषयमा प्रशिक्षण दिइने बताए ।  

तालिममा नेतृत्व विकास, रणनीति निर्माण, संस्थागत संरचना, नवप्रतिभा परिचालन, कार्यस्थलमा खुसी र सन्तुलन, स्वास्थ्य, वित्तीय व्यवस्थापन, विज्ञापन र ब्रान्डिङ जस्ता महत्वपूर्ण पक्षहरू समेटिनेछ ।

अल्डरसटमा बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तालिममा सहभागी हुन संस्थागत ४९५ र व्यक्तिगत ३९५ पाउन्ड शुल्क लाग्ने जनाइएको छ । 

नेपाली समुदायलाई प्रभावकारी नेतृत्व र संस्थागत सुदृढीकरणमा प्रेरित गर्न तालिम महत्त्वपूर्ण हुने जनाउंदै मान गुरुङले सहभागिताका लागि सबैमा अपिल गरे ।

तालिममा गुरुङसहित अनुभवी प्रशिक्षक रहने जनाइएको छ। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू