बुधबार, २३ जुलाइ, २०२५
16:03 | २०:४८

हुम्ला आगलागी पीडितलाई दारी ग्याङ यूकेको पहलमा थप सहयोग

नेपाली लिङ्क जुलाइ २३, २०२५


लन्डन- दारी ग्याङ यूकेले हुम्ला उनापानी गाउँका आगलागी पीडितलाई फेरि सहयोग गरेको छ ।

दारी ग्याङ यूकेको पहलमा पीडित ९ परिवारलाई अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, र शैक्षिक सामग्री प्रदान गरिएको हो । 

दारी ग्याङ यूके अध्यक्ष सुशील गौतमले लगातारको वर्षाले बाटो भत्किएर नेपालगन्जबाट सामान ढुवानी गरेर हुम्ला, उनापानी गाउँसम्म पुर्‍याउन निकै चुनौतीपूर्ण रहेपनि पीडित ९ परिवारलाई अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, र शैक्षिक सामग्रीहरू वितरण गर्न सफल भएका जनाए।

उनले सहयोग वितरण कार्यक्रममा समन्वय गर्ने हुम्ला निवासी जग्दिश हमाल र धर्मजित शाही साथै चन्दा दिने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिएका छन् । 

यसअघि भयावह आगलागीले ९ परिवारको जीवन कष्टकर बनाएको खबरसँगै दारी ग्याङ यूकेले चन्दा संकलन गरि जुलाई १ तारिख रु. १,८२,४२६. ७५ (अक्षरुपी एक लाख, ८२ हजार, ४२६ रुपैयाँ ७५ पैसा) हुम्ला पठाएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू