बुधबार, २३ जुलाइ, २०२५
06:07 | १०:५२

रेडिङ कपको १८ औं संस्करण ३० अगष्टमा

नेपाली लिङ्क जुलाइ २२, २०२५

गत वर्ष रेडिङकप उपाधि विजेता ब्रिगेड ब्वाइज् क्लब (बीबीसी)

लन्डन– ग्रेटर रेडिङ नेपाली कम्युनिटीको आयोजनामा बेलायतमा वर्षेनी हुंदै आएको रेडिङकप फुटबल प्रतियोगिता यस वर्ष ३० अगष्टमा हुने भएको छ ।

रेडिङ कपको १८ औं संस्करण रेडिङस्थित पाल्मर पार्क खेल मैदानमा तय भएको हो ।

९ ए साइड उक्त प्रतियोगिता संयोजन गर्ने जिम्मा मीनकुमार गुरुङलाई दिइएको छ । प्रतियोगितामा १८ वर्ष माथिको १६ वटा युथ टिम र ३८ वर्ष माथिको ८ भेट्रान टिमबीच प्रतिष्पर्धा हुने संयोजक गुरुङले जनाए । यसवर्ष सुपर भेट्रान हटाएर भेट्रान भलिवल खेलाइने आयोजकको भनाइ छ ।

संयोजक गुरुङले अहिलेसम्म ६० प्रतिशत टिम दर्ता भइसकेको जनाउंदै इच्छुक खेलाडीलाई बेलैमा नाम दर्ता गराउन आग्रह गरेका छन् । टिम दर्ता शुल्क २५० पाउण्ड छ ।

युथ वीनरले २०२५ पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र, रनरअपले १०२५ पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र एवं भेट्रान वीनरले १०२५, रनरअपले ५२५ पाउण्ड, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

अध्यक्ष भिमसेन खड्काले रेडिङ कपमा फुटबल प्रतियोगिताबाहेक नेपाली खाना, व्यापारिक स्टल, स्वास्थ्य शिविर, पञ्चे बाजा, बालबालिकाका लागि रोमाञ्चक खेल र अन्य विविध आकर्षण हुने जनाए ।

आयोजकले रेडिङ कपमा प्रायोजन गर्न इच्छुक व्यापारिक संस्था वा व्यक्तिलाई आव्हान पनि गरेका छन् । यसपटक करिब ५ हजार दर्शक सहभागी हुने अपेक्षा छ ।

कम्युनिटीका महासचिव डा. भरत पौड्यालले खेल विकास, युवा खेलाडीहरुलाई सक्रिय बनाइ उनीहरुको प्रतिभा उजागर, स्थानीय व्यापार व्यवसाय प्रवर्धन एवं समर आउटिङ इभेन्टको मुख्य उद्देश्य रहेको बताए ।

बेलायतको नेपाली समुदायमा लोकप्रिय मानिन्छ रेडिङकप । रेडिङकपको उपाधि गत वर्ष ब्रिगेड ब्वाइज् क्लब (बीबीसी) ले जितेको थियो भने भेट्रानतर्फ नखिपोट एफसी विजेता भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू