मंगलबार, २२ जुलाइ, २०२५
22:54 | ०३:३९

बेलायत मुख्यालय रहेको युनिगाइडको काठमाडौं र बुटवल शाखा बिस्तार, अब अष्ट्रेलियालाई पनि सेवा

नेपाली लिङ्क जुलाइ २२, २०२५

य़ुनिगाइड बुटवल शाखामा प्रवन्ध निर्देशक गणेश दाहालसहितको टीम

लन्डन- बेलायतमा मुख्यालय रहेको शैक्षिक परामर्शदाता कम्पनी युनिगाइड लिमिटेडले नेपालमा शाखा बिस्तार गरेको छ ।

सोमबार एकैदिन काठमाडौं महानागरपालिका २८ पुतलीसडक र बुटवल उपमहानरपालिका ६ ट्राफिकचोकमा दुई शाखा शुभारम्भ गरिएको कम्पनीका प्रवन्ध निर्देशक गणेश दाहालले बताए ।

युनिगाइडले बेलायतमा अध्ययनका लागि शैक्षिक परामर्श साथै यहाँ आएर ‘सेटल’ हुने क्रममा आवश्यक पर्ने विविध व्यवहारिक ज्ञानसम्बन्धी परामर्श र सहयोगदेखि करियर काउन्सेलिङसम्मको सेवा उपलब्ध गराउँदै आएको छ।

यसअघि बेलायती युनिभर्सिटीका लागि मात्रै सिमित युनिगाइडको सेवा नेपालका शाखा स्थापनासंगै अष्ट्रेलियाको लागि पनि बिस्तार गरिएको छ ।

युनिगाइडले विद्यार्थीलाई युनिभर्सिटी भर्ना गराउने मात्र नभइ विदेशमा पुगिसकेपछि उनीहरुको पढाइ पूरा नहुन्जेलसम्मकै लागि आवश्यक पर्ने विभिन्न जानकारी र परामर्शहरु समेत उपलब्ध गराउने गरेको छ ।

‘युनिगाइड विशुद्ध युनिभर्सिटी गाइड हो । अहिलेसम्म हामीले यूके युनिभर्सिटीका लागि सेवा दिंदै आएका थियौं । नेपालमा दुई शाखा बिस्तार भएसंगै हाम्रो सेवा अब नेपाल र बेलायत दुवै ठाउँबाट अष्ट्रेलियाको लागि पनि शुरु गरेका छौं । चांडै हामीले अष्ट्रेलियामै पनि हाम्रो शाखा शुरु गर्ने तयारी गर्दैछौं’, युनिगाइड प्रवन्ध निर्देशक दाहालले भने ।

युनिगाइडले आफ्नो सेवा र क्षेत्रलाई क्रमिक रुपमा बिस्तार गर्दै जाने योजना बनाएको छ ।

काठमाडौं शाखा

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू