शुक्रबार, १८ जुलाइ, २०२५
11:08 | १५:५३

नेपाल फर्किए दूतावासका फष्ट र थर्ड सेक्रेटरी

नेपाली लिङ्क जुलाइ १८, २०२५

लन्डन– लन्डनस्थित नेपाली दूतावासका फष्ट सेक्रेटरी उद्धव न्यौपाने र थर्ड सेक्रेटरी वीरकुमार राय नेपाल फर्किएका छन् ।

उनीहरु दुवै जना बढुवा भएपछि नेपाल फर्किएका हुन् ।  

न्यौपानेले परराष्ट्र सेवाको राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव पदमा बढुवा भएपछि नेपाल फर्किएको बताए ।

उनले नयाँ जिम्मेवारीको शुरुवात परराष्ट्र मन्त्रालयको सार्वजनिक कूटनीति महाशाखाबाट भएको पनि जनाए ।

राय भने शाखा अधिकृतमा बढुवा भएका हुन् । 

कर्मचारीद्वय झन्डै १० महिना अघि लन्डनस्थित दूतावासमा जिम्मेवारी सम्हाल्न आइपुगेका थिए ।

लन्डन आएका कूटनीतिक कर्मचारीको कार्यकाल सामान्यतया ४ वर्ष हुने भएपनि बढुवापछि उनीहरु छिट्टै नेपाल फर्किएका हुन् ।

न्यौपानेलाई विदाइ गर्दै राजदूत चन्द्र कुमार घिमिरे

नेपाल फर्कनु अघि राजदूत चन्द्र कुमार घिमिरेले न्यौपाने र रायलाई विदाइ गर्दै लन्डनमा संगै काम गर्दा अनगिन्ती सम्झनाहरु बांकी रहेका उल्लेख गर्दै शुभकामना दिएका छन् ।

दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले रिक्त पदमा नयाँ कूटनीतिक कर्मचारीहरु सम्भवत: महिनादिन भित्र आइपुग्ने जनाए । 

रायलाई विदाई गर्दै राजदूत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू