बुधबार, १६ जुलाइ, २०२५
09:00 | १३:४५

एनआरएनए यूके उम्मेदवारको अन्तिम नामावली प्रकाशन, अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा (सूची)

नेपाली लिङ्क जुलाइ १५, २०२५

लन्डन- यही जुलाइ २६ मा हुने एनआरएनए यूके १२ औं कार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।

निर्वाचन समितिले मंगलबार बेलुका सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द शर्मा खरेल उम्मेदवार छन् ।

यसअघि अध्यक्षको उम्मेदवारी दर्ता गराएका चारमध्ये काशीराम भण्डारीले फिर्ता लिएपछि अन्य तीनको उम्मेदवारी कायम भएको हो ।

अध्यक्षबाहेकका पदहरुमा भने यसअघि उम्मेदवारी दर्ता गराएका सबै उम्मेदवारको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन समितिका प्रमुख रामशरण सिम्खडा र सदस्यसचिव श्याम लुईंटेलले एक सूचना जारी गर्दै निर्धारित समयभित्र प्राप्त उम्मेदवारीमाथिको दावीविरोधबारे छानबिन र प्रमाणिकरणपश्चात कायम भएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको जनाएका छन् ।

उम्मेदवारी फिर्ताका लागि निर्धारित समयभित्र अध्यक्ष उम्मेदवार भण्डारीबाहेक अरु कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएनन् । दुई जनाको उम्मेदवारीविरुद्ध दावीविरोध उजुरी परेको भएपनि छानबिनपछि उनीहरुको उम्मेदवारी सदर गरिएको निर्वाचन समितिले जनाएको छ ।

एनआरएनए यूकेको अध्यक्षसंगै अब खुला उपाध्यक्ष, महासचिव, सचिव र स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षका साथै आइसीसी सदस्य, इंग्ल्यान्ड परिषद अध्यक्षलगायत पदमा आवश्यक पदसंख्याभन्दा बढीको उम्मेदवारी कायम रहेकाले निर्वाचन हुने भएको छ । अन्य पदहरु निर्विरोध भएका छन् ।

एनआरएनए यूके निर्वाचन जुलाइ २६ तारिख शनिबार बिहान ००ः०० बजेदेखि राती १० बजेसम्म अनलाइन माध्यमबाट हुंदैछ । रामशरण सिम्खडाको नेतृत्वमा श्याम लुईंटेल सदस्यसचिव तथा राजन खकुराल, विमल गुरुङ र विक्रम भट्टराई सदस्य रहेको निर्वाचन समिति निर्वाचन तयारीमा जुटेको छ ।

उम्मेदवारहरुको अन्तिम नामावली:

निर्वाचन समितिको सूचना:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू