बुधबार, २ जुलाइ, २०२५
01:59 | ०६:४४

हुम्लाका आगलागी प्रभावित ८ परिवारलाई बेलायतवासी नेपालीले जुटाए सहयोग

नेपाली लिङ्क जुलाइ १, २०२५

एक लाख सहयोग गरेका दम्पत्ति राज पाण्डे र डा. रक्षा थापा

लन्डन । हुम्ला जिल्ला, उनापानी गाउँमा भएको भीषण आगलागीबाट प्रभावित ८ परिवारका लागि बेलायतवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

दारी ग्याङ यूकेको चन्दा अभियानबाट संकलित रु एक लाख ८२ हजार, ४२६ रुपैयाँ ७५ पैसा पीडित परिवारलाई पठाइएको उक्त समूहका अध्यक्ष सुशील गौतमले जनाए ।

चन्दा अभियानमा माया सर्पोटेड लिभिङ, माया इभेन्ट्स, माया क्रिकेट क्लव तथा राष्ट्रिय पोशाक घर यूकेका निर्देशक दम्पत्ति राज पाण्डे एवं डा. रक्षा थापाले एक लाख रुपैयां सहयोग गरेका थिए ।

‘जब हामीले सहयोगको प्रस्ताव राख्यौं, भाग्यवश राज दाईलाई उहाँको जीवनमा पहिलो पटक लोट्री परेको रहेछ। लोट्री जितेपछि उहाँले श्रीमतीलाई केही रकम परोपकारी कार्यमा खर्च गरौं भनेपछि स्वेच्छाले एक लाख रुपैयाँ दारी ग्याङ यूकेमार्फत हुम्लाका पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो’, अध्यक्ष गौतमले भने ।

घर, परिवार, व्यवसाय र जिम्मेवारीबीच सन्तुलन कायम गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो त्यो पनि विदेशी भूमिमा । विशेषगरी लन्डन जस्तो अति व्यस्त शहरमा समय व्यवस्थापन गर्दै सामाजिक सेवामा निरन्तर सक्रिय रहनु चानचुन कार्य होइन। यिनै चुनौतीहरूलाई सहजै आत्मसात गरेर व्यवसायिक सफलता र सामाजिक उत्तरदायित्वलाई समन्वय गर्दै अघि बढिरहेका राज पाण्डे र डा. रक्षा थापा जस्ता प्रेरणादायी जोडीप्रति दारी ग्याङ यूकेले कृतज्ञता एवं सम्मान व्यक्त गरेको छ ।

पाण्डे दम्पत्तिले यसअघि पनि ललितपुरमा अवस्थित तुलसालय आश्रममा खाद्यान्न सामग्रीको अभाव रहेको भन्ने दारी ग्याङको पोस्टको आधारमा आफ्नो म्यारिज एनिभर्सरीको उपलक्ष्यमा उक्त आश्रममा एक लाख, सैंतीस हजार बराबरको एक महिनालाई पुग्ने सम्पूर्ण खाद्यान्न सामाग्री खरिद गरिदिएका थिए ।

यस अभियानमा आर्थिक सहयोग गर्ने दाताहरु:

1. Raj Pandey / Rakshya Thapa: £540.55
2. Sobita Budhathoki: £25
3. Ang Babu Sherpa: £50
4.Shyam Dahal: £10
5. Sushil Gautam: £20
6. Michael Pangeni: £10
7. Prema Chapagain: £52
8. Jivan Adhikari: £10
9. Ashok Adhikari: £10
10. Binod Pandey: £10
11. Ishwor Pahari: £6
12. Abhishek Chauhan: £10
13. Maheshwor Karki: £10
14. Ranjana Ranabhat: £12
15. Nirvik Jung Rayamajhi: £15
16. Paritran Shakya: £15.55
17. Sanduk Lama: £10
18. Dhirendra Neupane: £20
19. Ashim Adhikari: £10
20. Rabin Khadka: £10
21. Pramod Raj Pandey: £20
22. Dev Bahadur Khatri: £20
23. Sandip Dhakal: £20
24. Dharmajit Shahi: £55
25. Sushil Bhusal: £15

जम्मा रकम: £986.09 (नेपाली रु. १,८२,४२६.७५ – अक्षरुपी एक लाख बयासी हजार चार सय छब्बीस रुपैयाँ, पचहत्तर पैसा मात्र)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू