सोमबार, ३० जुन, २०२५
12:53 | १७:३८

समाजसेवी डेभिड गुरुङ सिरुबारी प्रथम पर्यटकीय गाउँ यूकेको अध्यक्ष चुनिए

नेपाली लिङ्क जुन ३०, २०२५

लण्डन- लण्डनमा पर्यटकीय गाउँ सिरुबारीवासीहरुको गाउँले भेला सम्पन्न भएको छ ।

२९ जुन आइतबार साउथ इस्ट लण्डनको प्लमस्टिड कमनमा भेला भएको हो ।

सो भेलाले डेभिड गुरुङलाई सिरुबारी प्रथम पर्यटकीय गाउँ युकेको अध्यक्ष, नवराज गुरुङलाई उपाध्यक्ष र धन बहादुर गुरुङलाई सचिव पदमा चयन गरेको छ ।

भेलामा गाउँघरको संस्कार, रीतिथिति जगेर्ना र परदेशमा भावी पुस्तालाई हस्तान्तरण एवं आफ्नो पुर्खौली गाउँ र त्यस भेगलाई कसरी माथि उकास्न सकिन्छ भन्नेबारेमा वृहत छलफल भएको थियो । 

सिरुबारीका क्या. मोहन गुरुङ र सुवर्ण गुरुङको सहजीकरणमा भएको उक्त भेलामा लण्डनको व्यस्तताबीच सिरुबारीवासीहरू उत्साहपूर्वक एकत्रित भएका थिए ।

समाजसेवी डेभिड गुरुङ

सो भेटघाटमा सिरुबारी गाउँका बासिन्दाहरु जगदीश गुरुङ सोँपाल समाज यूकेको अध्यक्ष, डेभिड गुरुङ एनआरएनए यूके प्रमुख संरक्षक र विजय बहादुर गुरुङ एनआरएनए यूकेको आइसीसी सदस्य भएको उपलक्षमा बधाई दिंदै सिरुबारी गाउँलेद्वारा फेटा र खादाबाट सम्मान गरिएको थियो । 

भेलाका सहभागीले १५ असारको शुभकामना पनि बांडेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू