बेलफास्टमा पहिलोपटक ‘उनको स्वेटर’ को प्रिमियर शो हुँदै



बेलफास्ट – नेपाली सिनेमा क्षेत्रको चर्चित र समीक्षात्मक रूपमा सफल कथानक चलचित्र ‘उनको स्वेटर’ बेलायतको बेलफास्ट शहरमा विशेष प्रिमियर शो हुने भएको छ।
आउँदो जुन ३० मा सिने वर्ल्ड बेलफास्टमा आयोजना हुने उक्त शो नेपाली फिल्मप्रेमीहरूका लागि सांस्कृतिक पर्वसरह हुने अपेक्षा गरिएको छ।
कार्यक्रमको आयोजना बेलफास्टका दुई किशोरी आयोजक, आयुषा कंडेल र गौरी सापकोटाले सम्हालिरहेका छन्। तयारी लगभग अन्तिम चरणमा पुगेको उनीहरुले बताए।
गौरी सापकोटा भन्छिन्, “बेलफास्टमा नेपाली फिल्महरू कमै प्रदर्शन हुने गर्छन्, त्यसैले हामीले यो शोलाई उत्सवकै रूपमा मनाउने तयारी गरेका छौं।”
नवीन चौहानले निर्देशन गरेको यो चलचित्रमा विपिन कार्की, मिरुशा मगर, प्रिन्स एलेक्स र परिक्ष्या लिम्बु प्रमुख भूमिकामा छन्। यी चर्चित कलाकारहरूको प्रभावशाली अभिनय दर्शकहरूले पर्दामार्फत अनुभव गर्न पाउनेछन्।
चलचित्रको अन्तर्राष्ट्रिय वितरण सेभेन सिज फिल्म इन्टरनेशनलले गरिरहेको छ भने पापाराजी नेपाल लिमिटेडले बेलायतमा प्रचारप्रसार, बजार व्यवस्थापन तथा आयोजना सम्हालिरहेको छ।
साथै, बेलायतको लोकप्रिय सामाजिक सञ्जाल समूह नेपलिज इन यूके यस शोको अधिकृत सोशल मिडिया पार्टनर छ।
पापाराजी नेपाल लिमिटेडका प्रबन्ध निर्देशक रविन भारतीले अन्य ब्रिटिस शहरहरूमा पनि फिल्मको विशेष शोको तयारी भइरहेको बताए।
www.977cinema.com मा गएर अग्रिम टिकट बुकिङ गर्न सकिने आयोजकले जनाएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५