सोमबार, वैशाख १७, २०८१
23:10 | ०३:५५

बेलायतको ‘पुलिस भोलिन्टियर अवार्ड’ का लागि मनोनित भए श्रेष्ठ

नेपाली लिङ्क मार्च ९, २०२४

लन्डन- बेलायतस्थित सामाजिक अभियन्ता शिवजी श्रेष्ठ बेलायती प्रहरीले प्रदान गर्ने एक भोलिन्टियर अवार्डका लागि मनोनित भएका छन्।

बेलायतको ‘ह्याम्पशायर एन्ड आएल अफ वाइट्’ काउन्टी प्रहरीले ‘पुलिस भोलिन्टियर अफ द इयर’ अवार्डका लागि उनलाई मनोनयन गरेको हो। 

नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठ विगत तीन वर्षदेखि उक्त काउन्टी प्रहरीको सल्लाहकार छन्।

काउन्टी प्रहरीले प्रदान गर्ने पुलिस भोलिन्टियर अवार्डका लागि अन्तिम पाँच ‘फाइनालिस्ट’ मा आफू मनोनित भएको उनले बताए।

श्रेष्ठले प्रहरी सल्लाहकारको रुपमा गरेको उदाहरणीय काम र समुदायप्रतिको समर्पणको कदरस्वरूप अवार्डमा मनोनित गरिएको जानकारी उनलाई गराइएको छ।  

‘सल्लाहकारको रुपमा जोडिएर विगत तीन वर्षमा मैले बेलायती प्रहरीसँग निकट रहेर काम गर्ने मौका पाएँ। आफ्नो भूमिकाबाट सम्भव हुने सहयोग गर्ने कोशिश् गरेँ’, श्रेष्ठले नेपालीलिंकसँग भने, ‘अवार्डका लागि मनोनित हुँदा आफ्नो योगदानको मुल्याकंन भएको महशुस् हुँदोरहेछ।अब थप सक्रियताका साथ काम गर्ने हौसला बढेको छ।’

विभिन्न प्लेटफर्ममार्फत् नेपाली समुदायमा सक्रिय श्रेष्ठ बेलायतको बेजिङस्टोक क्षेत्रमा दर्जनौं आप्रवासी समुदायको प्रतिनिधित्व रहेको ‘बेजिङस्टोक मल्टीकल्चरल फोरम’ मा पनि अध्यक्ष छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू