बिहीबार, वैशाख २०, २०८१
14:09 | १८:५४

त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्याण्ड्ससंग पराजित

नेपाली लिङ्क मार्च ५, २०२४


काठमाडौँ- नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको विजेता बन्नबाट नेपाल चुकेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भएको हो।

जीतका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेटको क्षतिमा एक सय ८९ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

घरेलु मैदानमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जित्ने नेपालको लक्ष्य फाइनलमा पूरा भएन । नेदरल्यान्ड्सले भने नेपाल भ्रमणलाई उपाधिसहित सुखद बनाएको छ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रनको अर्धशतकीय इनिङ्स खेले। सेवार्ट इन्जेलब्रेचले ४८, विक्रमजित सिंहले २९, म्याक्स ओडोडले २२ र टिम भान डेरले अविजित २१ रन बनाए ।

बलिङमा नेपालका कुशल मल्लले चार विकेट लिए। अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

नेपालका लागि आशिफ शेखले ४७ रन बनाए । गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल मल्लले २५, कुशल भुर्तेलले २० र करण केसीले ९ रन बनाए ।

बलिङमा नेदरल्यान्ड्सका टिम भा डियर, माइकल लेविट, सेवार्ट इन्जेलब्रेच र फ्रेड कासेनले दुई दुई विकेट लिए ।

नेपालले चार खेलको सिरिजमा दुई हार र दुई जितसहित चार अंक जोड्दै फाइनलमा स्थान बनाएको थियो । नेदरल्यान्ड्स चार खेलबाट पाँच अंक जोड्दै शीर्ष टोलीको रूपमा फाइनलमा पुगेको थियो ।

तीन अंक बनाएको नामिबिया बाहिरिएको थियो । नेपालले आइसिसी टी–२० विश्वकपको तयारी स्वरूप घरेलु मैदानमा त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज खेलेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू