मंगलबार, ६ जनवरी, २०२६
09:45 | १५:३०

बेलायतका लेखक तथा कानूनविद बेल्वासेलाई पत्नीशोक

नेपाली लिङ्क डिसेम्बर २९, २०२३

लन्डन। बेलायतस्थित लेखक तथा कानूनविद गोविन्द बेल्वासेलाई पत्नीशोक परेको छ ।

बेलायतको पिटरबरोमा सपरिवार बस्दै आएका बेल्वासेकी ५४ वर्षीया पत्नी सिता बेल्वासेको विहीबार निधन भएको हो ।  

विगत केही महिनादेखि अस्वस्थ उनको आफ्नो निवासमै निधन भएको परिवारनिकट स्रोतले जनाएको छ। केही महिना अस्पताल बसेर उपचारसमेत गराएकी उनलाई करिब एक महिनाअघि डिस्चार्ज गरी घर ल्याइएको थियो।  

बुबा मेघराज कंडेल तथा आमा मेघकुमारीको कोखबाट वि.सं. २०२६ श्रावण ११ गते गुल्मीको छत्रकोट गाउंपालिका साविक श्रृंगा रुप्सेमा जन्मिएकी उनी सम्पूर्ण परिवारको खुशी र मियोका रुपमा रहेकी थिइन् । उनलाई भौतिक रुपमा गुमाउनु पर्दा बेल्वासे परिवार विक्षिप्त भएको छ ।

स्वर्गीय बेल्वासेका दुई छोरी र एक छोरा छन्। उनीहरु सबै बेलायतमै छन्। सिता सन् २००६ देखि बेलायतमा थिइन् ।

आउंदो बुधबार जनवरी ३ तारिख बिहान साढे १० बजे पिटरबरो मोब्रे रोडस्थित क्रिमेटोरियममा उनको अन्त्येष्टि गरिने कार्यक्रम छ।

पति बेल्वासे डायस्पोरामा चर्चित लेखक तथा कानून व्यवसायी हुन्। हाल फ्लाइ केटिएम ट्राभल कम्पनीका प्रवन्ध निर्देशक बेल्बासेले रातो पासपोर्ट, राष्ट्रवाद: भ्रम कि यथार्थ, एम्मा जस्ता पुस्तक लेखिसकेका छन्। 

दोहोरो नागरिकता प्रावधानबारे शुरुदेखि नै वहस गर्दै आएका उनले सोही पक्षमा नेपालमा मुद्धासमेत लडेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू