शनिबार, साउन १२, २०८१
02:08 | ०६:५३

सरकारले एनसेल खरिद–बिक्री प्रकरण छानबिन गर्ने

नेपाली लिङ्क डिसेम्बर ५, २०२३

काठमाडौं, मंसिर १९, नेपाल सरकारले एनसेल खरिद–बिक्री प्रकरणको छानबिन गर्ने भएको छ ।

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा समिति बनाएर विस्तृत अध्ययन तथा छानबिन गर्ने जानकारी दिएकी हुन् ।

‘नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ’- विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री शर्माले छानबिनबाट कुनै अनियमितता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुनबमोजिम कडा कारबाही हुने बताइन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘यस अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउनेछ । नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न गराउन नेपाल सरकार प्रतिवद्ध छ ।’

विज्ञप्ति-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू