शनिबार, साउन १२, २०८१
03:06 | ०७:५१

निर्वाचन परम्परा तोड्दै नेपाली समाज नटिङहममा सर्वसम्मत नेतृत्व, अध्यक्षमा पन्थी

नेपाली लिङ्क नोभेम्बर २८, २०२३

लन्डन- मिडल्यान्डको नटिङहमस्थित नेपाली समाज नटिङहमले नयाँ नेतृत्व चयन गरेको छ। सोमबार सम्पन्न संस्थाको आठौं अधिवेशनले रामप्रसाद पन्थीको नेतृत्वमा सर्वसम्मत् कार्यसमिति निर्वाचित गरेको छ।  

यसअघिका अधिवेशनहरुमा नेतृत्वका लागि निर्वाचन नै गर्नुपरेको परम्परा तोड्दै सहमति निर्माण गरी नयाँ कमिटी निर्वाचित गरिएको हो।  

नवनिर्वाचित अध्यक्ष पन्थीले समाजमा यसअघि उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत पदमा काम गरिसकेका छन्। उनले साझा नेपाली समाज यूकेमा उपाध्यक्ष, एनआरएनए इंग्ल्याण्ड राज्य परिषदको सचिवजस्ता जिम्मेवारी पनि सम्हालेका छन्।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष मुकुन्दहरि खराल र लोकनाथ अधिकारी, महासचिव वीरेन्द्र खड्का, सचिव पदमबहादुर गोले, कोषाध्यक्ष रविन्द्र गिरी र सहकोषाध्यक्ष मोहन केसी छन्। 

त्यस्तै, सदस्यहरूमा भवानी आचार्य, यज्ञ डुम्रे, अशोक रिजाल, बसन्त अधिकारी, खगेन्द्र सहानी, द्रोण डाँगी, अर्जुन सापकोटा, हेमलाल गैरे, श्रीमति कला भट्टराई र चोलाकान्त न्यौपाने चुनिएका छन्। 

अधिवेशनले संस्थाको ट्रष्टी बोर्डमा विष्णु चालिसे, गंगा ढकाल, रणबहादुर खाती क्षेत्री, रामप्रसाद पन्थी र रविन्द्र गिरीलाई चयन गरेको छ।

यसअघि समाजका पूर्व अध्यक्ष प्रविन पाण्डेको अध्यक्षतामा गठित अध्यक्षमण्डल (निर्वाचन समिति) ले सर्वसम्मत कार्यसमिति निर्वाचन प्रक्रिया सञ्चालन गरेको थियो । 

निर्वाचन समितिमा संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्री, पूर्व अध्यक्षहरु विष्णु चालिसे, गोविन्द खरेल, दिपक सापकोटा र श्रीमती गिता भट्टराई सदस्य थिए।  

निवर्तमान समिति अध्यक्ष रविन्द्र शर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनको बन्दसत्रमा निवर्तमान कार्यसमितिका कोषाध्यक्षको आर्थिक प्रतिवेदन, महासचिवको दुई वर्ष कार्यकालको प्रगति प्रतिवेदन र विधान संशोधनको प्रस्तावमाथि पनि व्यापक छलफल गरी पारित गरिएको थियो।

समाजका संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्रीले संस्थामा सर्वसम्मत कार्यसमिति निर्वाचित हुंदा एकताको सन्देश गएको र राम्रो काम गर्न सक्ने वातावरण बनेको भन्दै खुशी व्यक्त गरेका छन् । 

उनले सहमति निर्माणको लागि उदारता देखाउने कमल खराल, यज्ञ डुम्रे, पदम बहादुर गोले, मुकुन्दहरि खराल, लोकनाथ अधिकारी, रेशम खड्कासहित सबैप्रति धन्यवाद प्रकट गरे।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू